१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेल बन्यो आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:१८:oo

एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले १२ अन्डर स्कोर गर्दै तेस्रो रनरअप अर्थात् चौथो स्थान हासिल गरेको हो ।

यस एकदिवसीय प्रतियोगितामा कुल २९ कर्पोरेट हाउसका सहभागीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फर रहेका थिए र प्रतियोगिता १८ होलमा खेलाइएको थियो । एनसेल ‘ए’ समूहमा व्यावसायिक गल्फर सञ्जय लामासहित तीन एमेच्योर गल्फर रहेका थिए । लामाले तेस्रो रनरअप बनेकोमा १० हजार नगद पुरस्कार जितेका थिए । 

त्यस्तै, अर्का व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकोप्टरको समूहले प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो । रोक्काले ५० हजार रुपैयाँ जिते । मातृका आई उपविजेता बनी ३० हजार रुपैयाँ पुरस्कार जितेका थिए । त्यसैगरी, व्यावसायिक गल्फर भीमसेन चौलागार्इंको नेतृत्वमा रहेको सपोर्ट नेपाल दोस्रो रनरअप बनेको थियो । चौलागाईंले २० हजार रुपैयाँ पुरस्कार जितेका थिए । 

ad
ad