१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल एनपिजिए टुर : सद्भावले भुवनलाई एक स्ट्रोकले पछि पारे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o१:oo

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर– २०२३/२४ अन्तर्गत छैटौँ सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिन बुधबार एक स्ट्रोकको अग्रता लिँदै शीर्ष स्थान बलियो बनाएका छन् । आचार्यले समग्रमा ११ अन्डर २०५ को उत्कृष्ट स्कोर गरेका हुन् । लगातार दुई दिन शीर्ष स्थानमा रहेका प्रोफेसनल भुवन नगरकोटी तेस्रो दिन एक स्ट्रोकले पछि पर्दा दोस्रो स्थानमा झरेका छन् । 

भुवनले समग्रमा १० अन्डर २०६ को स्कोर गरे । अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सद्भाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

समग्रमा ३ अन्डर २१३ स्कोरसहित दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्त रूपमा तेस्रो स्थानमा छन् । दिनकै उत्कृष्ट ४ अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन् । विजयले १ ओभर ७३ स्कोर गरे ।  पाँचौँ स्थानमा रहेका नीरज तामाङले समग्रमा २ अन्डर २१४ स्कोर गरे । 

एमेच्योर गल्फर राहुल विश्वकर्मा समग्रमा १ ओभर २१७ सहित छैटौँ स्थानमा उक्लिए । यसैगरी, एमेच्योर टासी छिरिङ र प्रोफेसनल गल्फर सञ्जय लामा समग्रमा २ ओभर २१८ सहित सातौँ स्थान रहे । युवराज भुजेल र रवि खड्काले समग्रमा ३ ओभर २१९ स्कोर गरेका छन् । उनीहरू संयुक्त रूपमा नवौं स्थानमा छन ।

भुवन तेस्रो दिन दोस्रो स्थानमा 
लगातार दुई दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका भुवनले तेस्रो दिन अग्रता बढाउन सकेनन् । उनी एक स्ट्रोकले पछि परेका हुन् । सद्भावले फ्रन्ट नाइन २ अन्डर ३४ र ब्यान नाइनमा इभन पार २६ स्कोर गरेका थिए । भुवनले राम्रो सुरुवात गर्दै फ्रन्ट नाइन ३ अन्डर ३३ स्कोर गरे । उनले चौथो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । तर, ब्याक नाइनमा लय गुमाए । दिनेशले फ्रन्ट र ब्याक नाइनमा समान २ अन्डर ३४ स्कोर । उनले तेस्रो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गरे । 

विजयले फ्रन्ट नाइन इभन पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा एक–एक सट बचाए । ब्याक नाइन १ ओभर ३७ स्कोर गरे । विजयले दशौँदेखि १२औँ होलमा लगातार तीन बर्डी निकालेका थिए । उनले ४ पारको १४औँ होलमा ट्रिपल बोगीको समाना गर्न बाध्य हुँदा १७औँ होलमा एक सट खेर फाले । प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैयाँ हात पार्नेछन् । 

ad
ad