१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल काठमाडौं ओपन आजदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o३:oo

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन आजदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदै छ । टुरअन्तर्गत यो सातौँ प्रतियोगिता हो । ७२ होलमा खेलिने सूर्य नेपाल काठमाडौं शुक्रबार सकिनेछ । उपाधिका लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन् । सहभागी गल्फरहरूमध्ये सुवास तामाङका लागि यो प्रतियोगिता विशेष रहनेछ । उनले यो टुर धेरै पटक खेलेका छन् । उनले प्रोफेसनल गल्फरलाई हराएर यहाँ उपािध जितेका छन् । प्रोफेसनल खेलाडीका रुपमा नेपालमा उनले खेल्न लागेको यो पहिलो पटक हो ।

उनले भारतीय गल्फ टुरमा प्रोफेसनल गल्फ खेलिसकेका छन् । यसपटक उनी प्रमुख दाबेदारको रूपमा रहनेछन् । नेपालका उनी सर्वाधिक सफल एमेच्योर गल्फर हुन् । सुवासले घरेलु टुरमा प्रोफेसनल करियर सुरु गर्दा एमेच्योर गल्फर सदभाव आचार्यले उनलाई कडा चुनौती दिने सम्भावना रहेको छ । सदभावले यो सिजन दुई उपाधि जितिसकेका छन् । 

प्रोफेसनल गल्फर भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठलगायतका अन्य खेलाडी दाबेदारी हुन् । नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राईले चोटको कारण प्रतियोगिता गुमाएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख तीन हजार ५ सय रहेको छ । विजेताले १ लाख २० हजार तथा दोसोले ८२ हजार र तेस्रो हुने खेलाडीले ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार हात पार्नेछन् । 

३६ होलपछि कट लागू
चारदिने प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ शीर्ष प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । शीर्ष २१ मा पर्ने खेलाडीहरूले पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनको लागि कोर्सलाई रोमाञ्चक बनाइएको पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताए । ‘यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतिस्पर्धामक हुने विश्वास छ,’ श्रेष्ठले भने, ‘पछिल्लो समय गल्फको स्तर बढेको छ ।’ 

ad
ad