१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १३ मंगलबार १३:४३:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्वकप छनोटका लागि जित्नैपर्ने दबाबमा रहेकाे नेपाल बहराइनसँग भिड्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १३ मंगलबार १३:४३:००

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो चौथो खेलमा नेपाल आज बहराइनसँग प्रतिस्पर्धा गर्दै छ।

बहराइनको राष्ट्रिय रंगशालामा हुने नेपाल र बहराइनबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ। 

विश्वकप छनोटको सम्भावनालाई कायमै राख्न नेपालसामु आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा नेपाल पराजित भएमा विश्वकप र एसिया छनोट खेल्नबाट बाहिरिनेछ। 

नेपाल पहिलो चरणको खेलमा लाओसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको थियो। त्यस्तै, दोस्रो चरणको खेलमा नेपालले जित हासिल गर्न सकेको छैन। दोस्रो चरणअन्तर्गत नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो। संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो। 

त्यसैगरी, घरेलु मैदानमा भएको यमनविरुद्धको दोस्रो खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको थियो। यही चैत ८ गते भएको दोस्रो चरणअन्तर्गतको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो। 

दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ। नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन्। तीन खेलमा तीनवटैमा जित हासिल गर्दै युएई नौ अंकका साथ अंक–तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै, समान तीन खेल खेलेको बहराइन दुई खेलमा जित हासिल गर्दै ६ अंकका साथ दोस्रो स्थानमा छ। त्यसैगरी, तीन खेलमा तीन अंक बटुल्दै यमन तेस्रो स्थानमा छ। समान तीन खेल नै खेलेको नेपाल तीनै खेलमा हार व्यहोर्दै अंकविहीन छ।

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन्। त्यसैगरी, डिफेन्डरमा अभिषेख लिम्बू, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, सनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन्। 

त्यस्तै, मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, समीर तामाङ, सञ्जीव विष्ट, हिसुब थपलिया र जिलेस्पीजंग कार्की छन्।