१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २३ मंगलबार २१:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सीधै विश्वकप छनोट खेल्ने सम्भावना बोकेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार २१:३२:oo

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो। लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ।

युएई भ्रमणका क्रममा नेपालले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको थियो। पपुवा न्युगिनी र घरेलु टोलीसँग समान २-२ खेल खेलेको थियो। जसमा पपुवा न्युगिनीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारेको थियो।

नेपालले पपुवा न्युगिनी र युएईसँग नै घरेलु मैदानमा आइसिसी विश्वकप लिग टूअन्तर्गतको अन्तिम सिरिज खेल्दै छ। नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ। 

मार्च १२ (फागुन २८) मा युएईसँग नेपालले दोस्रो खेल खेल्नेछ। मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा युएईसँग खेल्नेछ।