Skip This
सन्दीपलाई समेट्दै विश्वकप छनोट खेल्ने टोली घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन्दीपलाई समेट्दै विश्वकप छनोट खेल्ने टोली घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:५o:oo

लेग स्पिनर सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । नेपालले सोमबारबाट घरेलु मैदानमा आइसिसी पुरुष विश्वकप छनोटअन्तर्गत एसिया छनोट खेल्दै छ ।

प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी छनोट गरेका हुन् । टोलीमा सन्दीपले पुनरागमन गरेका छन् । घरेलु टोली नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ सम्मिलित त्रिदेशीय शृंखला सन्दीपले खेलेका थिएनन् । नेपाल शृंखलाको फाइनल खेलमा युएईसँग पराजित भएको थियो ।  

शृंखला खेलेको टिमबाट लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल ले स्थान बनाउन सकेनन् । टोलीमा विवेक यादव र अनुभवी विनोद भण्डारीले स्थान बनाउन सफल भएका छन् । टोलीमा कप्तान रोहित, सन्दीप, विनोद र विवेकसँगै कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी समावेश छन् ।

पहिलो खेल सिंगापुरविरुद्ध
एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । समूह ‘ए’मा नेपालसहित मलेसिया, ओमान र सिंगापुर छन् । समूह ‘बी’मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन् । उद्घाटन खेलमा नेपालले सिंगापुरसँग त्रिवि मैदानमा खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

त्रिदेशीय शृंखलाको उपाधि युएईलाई 
घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै युएईले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको हो । नेपालले प्रस्तुत गरेको एक सय ६३ रनको लक्ष्य युएईले एक बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टाएको हो ।

युएईका कप्तान मोहम्मद वासिमले ४५, वृत्य अरविन्दले २६, आर्यन्श शर्माले २५, बसिल हामिदले अविजित २२, अलिशान सराफुले १३ र अली नासिरले ११ रन बनाएका थिए । पहिलो विकेटका लागि वासिम र शर्माले ७१ रनको साझेदारी गरेका थिए ।

ad
ad