१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
प्रतिनिधिसभा सदस्य विनोद चौधरी । फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ७ बुधबार २०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद विनोद चौधरीमाथि जग्गा हिनामिनामा अनुसन्धान, सिआइबीले सभामुखलाई पठायो पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ७ बुधबार २०:३४:००

प्रतिनिधिसभा सदस्य विनोद चौधरीमाथि बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। 

सिआइबीले बुधबार पत्र पठाएर जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। 

सिआइबीले पठाएको पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका ३ नं. वडा कार्यालय र नवराज शर्मासमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायणसिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लि. को नाममा दर्ता कायम रहेको काठमाडौं– ३ स्थित दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि.का संस्थापक सेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ।’