१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल टी-२० का दुई शृंखला खेल्दै, रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:३६:oo

नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड र भारतको गुजरातमा खेलिने एसएमएस फ्रेन्डसिप कपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । 

यी दुई टी-२० क्रिकेट शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको हो । दुवै शृंखला नेपालबाहिर खेलिनेछन् । 

टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह छन् । यस्तै, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजभण्डारी, करण केसी, सोमपाल कामी, प्रतीश जिसी, अविनाश बोहरा र आकाश चन्द छन् । आकाश पहिलोपटक टिममा परेका हुन् । 

ad
ad