१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ७ बुधबार ११:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रावा बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ७ बुधबार ११:५४:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो ।   

चैत ६ गतेदेखि ११ गतेसम्म ‘प्रोटेक्ट योर मनी, सेक्युर योर मनी’ भन्ने नाराका साथ मनाउन लागेको ग्लोबल मनी विक २०२४ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिँदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । 

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैंकके देशैभरिका शाखा कार्यालयले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा दुई सय ८७ शाखा, तीन सय पाँच एटिएम, ९८ वटा शाखारहित बैंकिङ र ७१ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।