मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत ६ मंगलबार
  • Friday, 14 August, 2026
२o८o चैत ६ मंगलबार २२:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइसिपीसम्म रेलसेवा विस्तार गर्न भारतका वित्तराज्यमन्त्रीलाई सिद्धार्थ उद्योग वाणिज्य संघको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ६ मंगलबार २२:o८:oo

सिद्धार्थ उद्योग वाणिज्य संघले भारतको केन्द्रीय सरकारका वित्त राज्यमन्त्री पंकज चौधरीलाई आइसिपीसम्म रेलसेवा विस्तार गर्न आग्रह गरेको छ । 

अनौपचारिक रुपमा रुपन्देही आएका मन्त्री चौधरीसँग सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोलीले भेट गरी व्यापार सहजीकरणलगायतका विषयमा छलफल गर्नुका साथै आइसिपीसम्म रेलसेवा विस्तार गर्ने आग्रह गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । 

भैरहवामा रहेका  वित्त राज्यमन्त्री चौधरीसँग नौतनवासम्म रेलसेवा सुचारु रहेकाले आइसिपीसम्मै विस्तार गरेर दुई देशको ब्यापारमा सहजीकरण गर्न आग्रह गरेका थिए । 

भारत सरकारले लगाएको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइसी) पनि हटाउन मन्त्री चौधरीसँग संघका पदाधिकारीहरुले अनुरोध गरेका थिए ।

नेपालमा उत्पादित सामान भारत निकासी गर्दा बिआइसी प्रमाणित चिह्न लिनुपर्छ । यसले नेपाली उत्पादन निकासीमा असर पुर्याउने भन्दै उक्त व्यवस्था कार्यान्वयन नगर्न संघले आग्रह गरेको संघका महासचिव कृष्ण घिमिरेले बताए । 

‘भारतले खाद्यान्न निकासीमा लगाएको अतिरिक्त कर हटाउन पनि आग्रह गरेका छौँ,’ महासचिव घिमिरेले भने । खुल्ला सीमाका कारण लागूऔषधको ओसारपसार र कारोबार बढेको भन्दै संघले भारततर्फ विशेष कडाई गर्न अनुरोध गरेको थियो ।  

संघले भारतीय एयरलाइन्समार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरेर सहयोग गर्न पनि अनुरोध गरेको छ । भैरहवाबाट भारतका विभिन्न सहरमा नियिमित उडान गरे यात्रुको अभाव नहुने संघले बताएको छ ।

सो क्रममा मन्त्री चौधरीले आइसिपीसम्म रेलसेवा विस्तारको काम छिट्टै हुने बताए । रेल सेवा विस्तारका विषयमा आफू पहिलेदेखि नै सकारात्मक रहेको जनाउँदै  आफ्नो तर्फबाट सबै किसिमका पहल हुने आश्वासन दिए । 

छलफलमा संघका अध्यक्ष श्रेष्ठ, निवर्तमान अध्यक्ष भीष्मप्रसाद न्यौपाने, उपाध्यक्षद्वय गोविन्दप्रसाद ज्ञवाली र रोहितकुमार अग्रवाल, महासचिव घिमिरे, सदस्य विकास गोयन्का, उद्योगपति राम थापालगायत सहभागी थिए ।