१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अदालतको निर्देशनमा महरा अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:४o:oo

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुुर महरालाई अस्पताल भर्ना गरिएको छ। 
सोमबार साँझ उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो। जिल्ला अदालत काठमाडौंको निर्देशनमा महरालाई उपचारका लागि अदालत भर्ना गरिएको हो।

चार दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको अदालतले आदेशमा भनेको छ, ‘निज पक्राउ व्यक्ति स्वयंले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी भएको उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशनसमेत दिएको छ।  

महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

ad
ad