१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख १८ मंगलबार o७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मी कोशी प्रदेश टी–२० क्रिकेट च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:१६:oo

विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित वैजनाथपुर क्रिकेट रंगशालामा शनिबार कर्णाली प्रदेशमाथि नौ विकेटको सहज जित निकाल्दै आर्मीले उपाधि जितेको हो । विजेता आर्मीले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो । उपविजेता कर्णालीले तीन लाख रुपैयाँ जितेको हो । 

कर्णालीले प्रस्तुत गरेको १११ रनको लक्ष्य आर्मीले १२.२ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गगरेको हो । आर्मीका लागि त्रितराज दासले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा अविजित ५० रनको योगदान गरेका हुन् । इमरान शेखले अविजित ३८ र सन्तोष कार्कीले २१ रन बनाए । 

कर्णालीका लागि एक मात्र विकेट दिनेश अधिकारीले लिएका हुन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय १० रन बनाएको थियो । कर्णालीका कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । लामो साझेदारीसमेत हुन सक्ने । विपिन रावलले सर्वाधिक २७ रन बनाए । 

कप्तान रवीन्द्र शाही र मनीष थापाले समान २१ तथा दिनेश अधिकारीले १२ रन बनाएका हुन् । आर्मीका लागि त्रितराज दास, साहब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान दुई तथा पवन कार्कीले एक विकेट लिए । मोरङ क्रिकेट संघको आयोजनामा चैत २२ गते सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका टिमले सहभागिता जनाएका थिए ।

ad
ad