१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत २ शुक्रबार १३:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खेलकुदमन्त्रीलाई रास्वपा सांसदको प्रश्न– विदेश पलायन भएका खेलाडीलाई फिर्ता ल्याउन के योजना छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत २ शुक्रबार १३:२८:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले विदेश पलाएन भएका फुटबल खेलाडीलाई स्वदेश फिर्ता ल्याउने योजना ल्याउन खेलकुदमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा शाहले सत्ता वा प्रतिपक्ष जहाँ भए पनि जनताका पक्षमा आवाज उठाउने भन्दै आफ्नै पार्टीका मन्त्रीलाई प्रश्न गरेका हुन्।

दशरथ रंगशालामा बहराइनविरुद्ध नेपालको खेल हुन नसक्नुको कारण माग गर्दै उनले भने, ‘दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको कमजोरी के रह्यो ? टियूको क्रिकेट ग्राउन्डमा फ्लडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडी विदेश पलायन भएकोमा उनीहरूलाई रोक्न–फर्काउन के तयारी हुँदै छ ?’

सांसद शाहले विश्वमा ‘इ–स्पोर्ट्स’ले फड्को मारेको उल्लेख गर्दै नेपालले पनि यस विषयमा ध्यान दिनुपर्ने बताए। ‘संसारमा इ–स्पोर्टसले फड्को मारिसक्यो। हामीले पनि इ–स्पोर्टसलाई अगाडि लैजान ढिला गर्नुहुन्न,’ उनले भने।