१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार १o:४o:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सकियो फुटबल खेलाडी किनबेचको समय : यी हुन् ठूलो रकममा अनुबन्धित खेलाडी 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:४o:oo

सन् २०२२/२३ को खेलाडी सरुवा (ट्रान्सफर) समय बिहीबार राति सकिएको छ । यससँगै युरोपका चर्चित र धनाढ्य क्लबले सिजनको खेलाडी सरुवा प्रक्रिया पूरा गरेका छन् । यसपटक विश्व फुटबलमा सर्वाधिक चर्चित र ठूलो रकम खर्च गर्नेमा इंग्लिस प्रिमियर लिग खेल्ने क्लबहरू शीर्ष स्थानमा छन् ।

इंग्लिस क्लबले ट्रान्सफर मार्केटमा ठूलो लगानी गरेका हुन्छन् । धेरै पकेट खर्च गर्नेमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड देखिएका छन् । स्पेनिस ला लिगा क्लब बार्सिलोना, रियल म्याड्रिड, बुन्डेस लिगा क्लब बायर्न म्युनिख खेलाडी अनुबन्धमा विशेष देखिएका छन् । 

आर्सनलले सिटीबाट ठूला नाम गरेका गाब्रियल जेसुस र एलेक्जान्डर जिन्चेन्कोलाई अनुबन्ध गर्‍यो । चेल्सीले ठूलो रकम खर्च गर्ने क्रममा ब्राइटनबाट मार्क कुकुरेला र लेस्टर सिटीबाट वेस्ली फोफानालाई भित्र्याएको छ । म्यानचेस्टर युनाइटेडले एज्याक्सका एन्टोनी र रियल म्याड्रिडका कासेमिरोलाई अनुबन्ध गर्न सफल भयो ।

नटिङ्घम फोरेस्टले उच्चतम रकम खर्च गर्दै यस सिजनलाई २१ नयाँ खेलाडी दर्ता गर्‍यो । इंग्लिस प्रिमियर लिगको साबिक विजेता सिटीले हल्यान्डसहित केही चर्चित खेलाडी भित्र्यायो । रहिम स्टर्लिङसहित खेलाडी बेच्दा आम्दानी सिटीले बढाएको छ । यस सिजनमा युरोपेली फुटबलमा सर्वाधिक रकम खर्च गरेर बिक्री भएका खेलाडी यस्ता छन् :

एन्टोनी म्याथिअस डी सान्तोष 
एज्याक्सबाट म्यानचेस्टर युनाइटेड आएका एन्टोनी यस सिजन प्रिमियर लिगमा उच्च रकममा अनुबन्ध हुने खेलाडी बने । विंगर तथा एट्याकिङ खेलाडी एन्टोनीलाई युनाइटेडमा भित्र्याउन प्रशिक्षक टेन हाग केही महिनादेखि नै तयारीमा थिए । एज्याक्समा रहँदा ब्राजेलियन स्टार खेलाडीले १८ गोलसहित १२ असिस्ट गरेका थिए । युनाइटेडले २२ वर्षीय एन्टोनीसँग पाँच वर्षको सम्झौता गरेको छ । यस सिजन उनको आगमनमा युनाइटेडले लिग उपाधिसहित च्याम्पियन्स लिगमा स्थान बनाउन प्रयास गर्नेछ । 

वेस्ली फोफाना
थोमस टुचेलले क्लबको एट्याकिङ पक्ष बलियो बनाउन रक्षापंक्तिमा जोड दिएका छन् । टुचेलले सेन्टर ब्याक वेस्ली फोफानालाई लेस्टर सिटीबाट भित्र्याएका हुन् । २१ वर्षीय युवा डिफेन्डर चेल्सीमा चमत्कार गर्न सक्छन् । फ्रान्सका फोफानाले लेस्टरका लागि गत सिजनमा ३७ खेल खेलेका थिए । चेल्सीले उनलाई भित्र्याउन ७६.५ मिलियन पाउन्ड खर्च गरेको छ । चेल्सी यसपटक प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने दाउमा छ ।

औरेलियन डिजानी टिचौअमेनी
साबिक स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडले यस सिजनमा स्थानान्तरण गरेका चर्चित खेलाडी हुन्, औरेलियन डिजानी टिचौअमेनी । अनुभवी खेलाडी कासेमेरो पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोसँगै म्यानचेस्टर युनाइटेड पुगेपछि रियल औरेलियनलाई भित्र्याउन बाध्य भयो । मोनाकोबाट रियलले उनलाई ७६.२ मिलियन पाउन्ड खर्चेको छ । २२ वर्षीय डिफेन्सिभ मिडफिल्डरले मोनाको रहँदा ७४ खेल खेल्दै पाँच गोल गरेका थिए । फ्रान्सेली राष्ट्रिय टोलीबाट १२ खेल्दै उनले एक गोल गरेका छन् ।

डार्विन नुनेज
साडियो मानेले क्लब छाडेपछि लिभरपुलले उरुग्वेका युवा स्ट्राइकर डार्विन नुनेजलाई भित्र्यायो । बेन्फिकाका नुनेजलाई लिभरपुलले ७१.५ मिलियन पाउन्डमा अनुबन्ध गर्‍यो । उरुग्वेका २३ वर्षीय खेलाडी नुनेजले सिजनका केही खेलसमेत खेल्दै एक गोल गरेका छन् । उनी उरुग्वेको यू–२० पछि पोर्चुगिज क्लब बेन्फिका पुगेका थिए । जहाँ दुई वर्ष रहँदा ५७ खेलमा ३२ गोल गरे । उनको आगमनसँगै लिभरपुलले अग्रपंक्तिमा मोहम्मद सलाहसँग राम्रो सहकार्य हुने आशा गरेको छ । 

कार्लाेस हेन्रिक कासेमिरो
रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग उपाधि जिताएसँगै कासेमिरो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका हुन् । जहाँ उनले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोसँग सहकार्य गर्नेछन् । ३० वर्षीय कासेमिरो पहिलोपटक प्रिमियर लिग खेल्दै छन् । रियल म्याड्रिड रहँदा उनले दुई सय २१ खेल खेल्दै २४ गोलसमेत गरे । उनले ब्राजिलका लागि ६३ खेलमा पाँच गोल गरेका छन् । डिफेन्सिभ मिडफिल्डरबाट युनाइटेड यसपटक सकारात्मक नतिजाको आशा गर्छ । 

एलेक्जान्डर इसाक
यस सिजनमा खेलाडी सरुवा बजारमा न्युक्यासल युनाइटेड आक्रामक रूपमा प्रस्तुत भयो । सोहीअनुसार न्युक्यासलले ला लिगामा प्रभावशाली प्रदर्शन गरिरहेका एलेक्जान्डर इसाकलाई अनुबन्ध गर्‍यो । न्युक्यासलले इसाकलाई अनुबन्ध गर्न ६६.७ मिलयन पाउन्ड खर्च गरेको छ । स्विडिस २२ वर्षीय खेलाडीको आगमनसँगै न्युक्यासलले शीर्ष चारमा स्थान बनाउँदै च्याम्पियन्स लिगको ढोका खेल्ने योजना बनाएको छ । स्विडेनको उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका इसाकले ३७ अन्तर्राष्ट्रिय खेलमा नौ गोल गरेका छन् । सोसिडाडमा एक सय पाँच खेलमा ३३ गोल गरेका थिए । 

म्याथिज डी लिट
नेदरल्यान्डका प्रभावशाली सेन्टर ब्याक म्याथिज डी लिटलाई बुन्डेस लिगा क्लब बायर्न म्युनिखले भित्र्याएको छ । सिरी ए क्लब युभेन्ट्सबाट बायर्नले उनलाई ६३.६ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । बायर्न आएपछि उनले तीन खेलमा एक गोल गरेका छन् । एज्याक्सबाट युभेन्ट्स पुगेपछि उनले ८७ खेलमा आठ गोल गरेका थिए । सेट पिसका लागि उत्कृष्ट मानिने २३ वर्षीय डी लिटले नेदरल्यान्डबाट ३८ खेलमा दुई गोल गरेका छन् । 

मार्क कुकुरेला
स्पेनिस बार्सिलोनाका पूर्वलेफ्ट ब्याक मार्क कुकुरेला ब्राइटन हुँदै चेल्सी पुगेका हुन् । यस सिजन चेल्सी प्रिमियर लिगको खेलाडी सरुवा बजारमा आक्रामक हुँदा कुकुरेलाका लागि ६२ मिलियन पाउन्ड खर्च गर्‍यो । गत सिजन ब्राइटनमा कुकुरेलाले ३५ खेलमा एक गोलसमेत गरेका थिए । त्यसअघि स्पेनिस क्लब गेटाफेमा रहेका थिए । स्पेनिस अन्तर्राष्ट्रिय खेलाडीबाट थोमस टुचेलले निकै आस गरेका छन् । 

एर्लिन ब्राउट हल्यान्ड
यस सिजनमा स्थानान्तरण भएका खेलाडीमा चर्चित नाम हो, एर्लिन ब्राउट हल्यान्ड । बोरुसिया डर्टमन्डबाट हल्यान्डलाई पेप ग्वार्डिओलाले भित्र्याउन सफल भए । ६.५ इन्च अग्ला हल्यान्ड सिटी आएयता कीर्तिमान राख्दै लगातार दुई ह्याट्रिक पूरा गरेका छन् । उनले पाँच खेलमा नौ गोल गरेका छन् । विशेषतः सिटी उनीबाट च्याम्पियन्स लिगमा ठूलो आशा गर्छ । प्रशिक्षक पेप उनको प्रभावशाली प्रदर्शनमा सिटीलाई च्याम्पियन्स लिग उपाधि जिताउने दाउमा छन् । डर्टमन्ड रहँदा हल्यान्डले गत सिजन ६७ खेलमा ६२ गोल गरेका थिए । 

रिचार्लिसन
एभर्टनमा उत्कृष्ट प्रदर्शन गरेका रिचार्लिसनलाई टोटनह्यामले भित्र्याउन उत्सुक थियो । टोननह्यामले रिचार्लिसनलाई भित्र्याउन ५५ मिलियन पाउन्ड खर्च गर्न तयार भयो । २५ वर्षीय फरवार्ड रिचार्लिसनले चेल्सीबाट चार खेल खेलिसकेका छन् । रिचार्लिसनले एभर्टनमा चार वर्ष रहँदा एक सय ३५ खेलमा ४३ गोल गरेका थिए । यता, ब्राजिलियन रिचार्लिसनले ३६ खेलमा १४ गोल गरेका छन् । 

एजेन्सीहरूको सहयोगमा 

ad
ad