१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत २ शुक्रबार ११:२३:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

प्रदूषणबाट यसरी जोगाऔँ आँखा

डाक्टरको सल्लाह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत २ शुक्रबार ११:२३:००

हिजोआज हावाहुरी चल्ने समय भएकाले आँखामा माटो, बालुवाका र सिसाका कण पर्न सक्छन् जसकारण आँखामा विभिन्न समस्या देखिन्छन् । काठमाडौंलगायत सहरी क्षेत्रमा हावाको गुणस्तर राम्रो छैन । सहरी क्षेत्रमा बस्नेहरूलाई आँखासम्बन्धी समस्या धेरै देखिने गरेको छ । घामको विकिरणले पनि आँखामा समस्या निम्त्याउने गरेको छ ।

विशेषगरी, बच्चा र वृद्धवृद्धामा यो समस्या धेरै देखिने गरेको छ । प्रदूषित वातावरणका कारण आँखा रातो हुने, इरिटेसन हुने, आँखा चिलाउने, सुक्खा हुनेलगायत समस्या देखिन सक्छ । बाइक, स्कुटर, साइकल यात्रा गर्दा वा पैदल हिँड्दा पनि आँखालाई सुरक्षित राख्नुपर्ने हुन्छ ।

 कसरी बच्ने ? 

  • बाहिर निस्कँदा चस्मा अनिवार्य लगाउनुपर्छ । धेरैजसोले चस्मा लगाएका हुँदैनन् । त्यसैले बाहिर निस्कँदा अनिवार्य चस्मा लगाउनुपर्छ ।
  • बाइक, स्कुटरमा हिँड्दा भाइजर अनिवार्य लगाउनुपर्छ । घरभित्र काम गर्दाभन्दा बाहिर निस्कँदा चस्माको प्रयोग गर्नुपर्छ । ल्यापटप, कम्प्युटर, मोबाइल हेर्दा पावर नभएको चस्मा लगाउनुपर्छ । 
  • हिजोआज घामको किरण बढी हुने भएकाले हिँड्दा चस्मा अनिवार्य लगाउनुपर्छ । 
  • आँखाको दृष्टि कम भएको अनुभव हुन्छ । घाममा हेर्न सकिँदैन, आँखाबाट आँसु आइरहेको छ, आँखा चिलाइरहेको छ भने तुरुन्तै चेकजाँच गर्नुपर्छ । 
  • सूर्यग्रहण नांगो आँखाले हेर्नुहुँदैन । आँखाको रेटिना डढ्छ । घरबाट बाहिर निस्कँदा चस्मा लगाएर हिँड्नुपर्छ । 
  • आँखामा केही फोहोर पस्यो भने आँखा मिच्ने बानी हुन्छ । तर, त्यसो गर्दा आँखामा घाउ पनि हुन सक्छ । धेरै मिच्नुहुँदैन । सफा पानीले धुनुपर्छ । 
  • आँखाको सुरक्षा गर्न केही उपाय अपनाउन जरुरी हुन्छ । आँखा चिलाएको अवस्थामा पनि आँखालाई माड्नु वा रगेट्नु हुँदैन । यस्तो स्थितिमा आँखालाई सफा पानीले धुनुपर्छ । एकबिहानै तथा साँझ घरबाहिर धेरै निस्कनुहुँदैन । यस समयमा अत्यधिक कुहिरो लागेको हुन्छ । डस्ट पार्टिकल तथा टक्सिन पार्टिकल हावामा घुमिरहेका हुन्छन् । यस समय बाहिर जानैपरेमा चस्मा लगाएर जानुपर्छ । 

आँखा स्वस्थ राख्न 

  • बच्चा जन्मिएको ४२ दिनभित्रमा आँखाको चेकजाँच गर्नुपर्छ । जसले गर्दा जन्मिँदा नै आँखाको समस्या छ भने थाहा हुन्छ र समयमै उपचार गर्न सकिन्छ ।
  • स्कुल जानुभन्दा अघि बच्चाको आँखा चेक गर्नुपर्छ । उसको दृष्टि ठीक छ कि छैन भन्ने थाहा हुन्छ । देख्न सक्ने, लेख्न सक्ने छ कि छैन । यस्तो वेला चस्मा लगाउनुपरे चस्माको प्रयोग गर्नुपर्छ । मोबाइल, ल्यापटप हेर्ने बानी हुन्छ जसले गर्दा आँखा कमजोर बनाउन सक्छ । 
  • बच्चालाई ६–६ महिना भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुपर्छ । भिटामिन ‘ए’ प्राप्त हुने खानेकुरा खुवाउनुपर्छ । फलफूल, सागसब्जी, गाँजर, स्याउ, अन्डालगायत माछा–मासु, खुवाउनुपर्छ । यसले शरीर मात्रै होइन, आँखाको दृष्टिमा सहयोग पुग्छ । 
  • बालबालिकालाई आँखामा हुने चोटपटकबाट बचाउनुपर्छ । 
  • आफूखुसी औषधि प्रयोग गर्न हुँदैन । आँखा सामान्य चिलायो, असजिलो भयो भने फार्मेसी गएर औषधि हाल्ने चलन छ । यसले पनि आँखालाई असर गर्न सक्छ । नेत्र चिकित्सकको सल्लाहअनुसार मात्रै औषधिको प्रयोग गर्नुपर्छ । 
  • पढ्दा–लेख्दा ४०–५० सेन्टिमिटरको दूरीमा बसेर हेर्नुपर्छ । 

 जटिल समस्या 

  • जन्मजात नै मोतियाविन्दु पनि हुन सक्छ । जन्मजात मोतियाविन्दु, जलविन्दु, आँखाका नानीका रोगहरू पनि हुन्छन् । धेरैजसो उमेर ढल्किँदै गएपछि मोतियाविन्दु हुन्छ । मोतियाविन्दु हुँदा समयै उपचार भएन भने अन्धोपना हुन्छ । जलविन्दुको समयमै उपचार हुन सकेन भने अन्धोपना हुन्छ । आँखाको पर्दाका रोगहरू उपचार नहुँदा अन्धोपना हुन्छ । हरेक उमेर समूहका मानिसलाई अन्धोपना हुन सक्छ । आँखाको समय उपचार नभए अन्धोपना हुन्छ । 
  • आँखाको भित्री भागमा चोटपटक लाग्दा अन्धोपन हुन सक्छ । हाई ब्लडप्रेसरले आँखाको रेटिनालाई असर गर्छ । जसले गर्दा अन्धोपना हुन सक्छ । जलविन्दु हुँदा, आँखामा चोटपटक लाग्दा पनि अन्धोपना हुन्छ । 
  • चस्मा लगाउनुपर्ने अवस्थामा चस्मा लगाउन पाएन भने पनि अन्धोपना हुन सक्छ । आँखा रातो भएर नानीमा घाउ भयो भने अन्धोपना बनाउँछ । 
  • भिटामिन ‘ए’को कमीले आँखाको नानी सुक्दै जाँदा अन्धोपना पनि हुन्छ । यो समस्या बच्चामा देखिन सक्छ । चोटपटक लाग्दा हेलचेक्र्याइँ गर्दा पनि आँखामा अन्धोपना हुन्छ ।