१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मिर्गौला दिवसमा ओलीको सन्देश : ‘सानो लापरबाहीले मिर्गौला बिग्रिन्छ, जोगाउन आफैँ सजग बनौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२o:oo

एमाले अध्यक्ष केपी ओलीले मिर्गौला जोगाउन आफैँ सचेत बन्नुपर्ने बताएका छन् । 

विश्व मिर्गौला दिवसको अवसरमार आज सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै पूर्वप्रधानमन्त्री ओलीले सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्ने र जीवन कष्टकर बन्ने अनुभव पनि साटेका छन् । 

‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ । किनभने मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु,’ सन्देशमा उनले भनेका छन्, ‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ 

अध्यक्ष ओलीले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको, डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो भएको बताउँदै सजग रहन अपिल गरेका छन् । ‘मिर्गौला जोगाउन हामी आफैँ सजग हुनुपर्छ । डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !

उनले आफू प्रधानमन्त्री भएका वेला डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका स्मरण पनि गरेका छन् । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी विश्वभर आज यो दिवस मनाइँदै छ ।

ad
ad