१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

४० हजारले अवलोकन गरे सातौँ चरणको चेम्बर एक्स्पो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:४८:oo

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले सातौँ चरणको एक्स्पो सम्पन्न गरेको हो । 

स्थानीय उत्पादनदेखि अन्तर्राष्ट्रिय वस्तुहरू प्रदर्शनी गरिएको एक्स्पो आर्थिक सुस्तताबीच पनि भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए । एक्स्पोमा स्वदेशमै उत्पादित कृषिजन्य वस्तुहरू, हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको थियो । एक्स्पोमा राष्ट्रिय तथा भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तानलगायतका अन्तर्राष्ट्रिय कम्पनीका एक सय ६० भन्दा बढी स्टल रहेका थिए । 

एक्स्पोमार्फत स्थानीय उत्पादन प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाइ छ । कठिन आर्थिक परिस्थितिबीच अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लले दाबी गरे ।

ad
ad