१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष दाहालद्वारा पदभार ग्रहण, सांसदलाई प्रशिक्षण दिने पहिलो निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १८:०६:००

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ गरेलगत्तै दाहालले पदभार ग्रहण गरेका हुन्।

कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयका रूपमा सांसदलाई प्रशिक्षण दिने निर्णयमा हस्ताक्षर गरेका छन्। प्रश्न राख्नकै निम्ति मात्रै नभई रूपान्तरणका लागि प्रश्न गर्नुपर्ने भन्दै उनले यस्तो निर्णय गरेको प्रस्ट पारे।

‘सरकार र सांसदहरूबीचको दूरी बढेको जस्तो अवस्था छ। प्रश्न–उत्तरको कार्यक्रम त राख्ने, तर कस्तो राख्ने? प्रश्नको निम्ति प्रश्न गर्ने या रूपान्तरणको निम्ति प्रश्न गर्ने भन्ने कुरा आउँछ। त्यो प्रश्नोत्तरको निम्ति सांसदहरूलाई अभिमुखीकरण गर्ने निर्णय सदर गर्याैँ,’ अध्यक्ष दाहालले भने।