Skip This
दाहाल  राष्ट्रिय सभामा मनोनीत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार २१:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाहाल  राष्ट्रिय सभामा मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार २१:५४:oo

राष्ट्रिय सभामा रिक्त एक सिटमा नारायणप्रसाद दाहाललाई मनोनयन गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई मनोनयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । 

राष्ट्रपति भण्डारीले शुक्रबार नै उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी छिन् । संविधानको धारा ८६ ले राष्ट्रिय सभा ५९ सदस्यीय हुने व्यवस्था छ । यसमध्ये तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् । 

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी चारवर्षे कार्यकाल पूरा गरी गत २० फागुनबाट बाहिरिएपछि राष्ट्रपतिबाट मनोनीत गरिने तीनमध्ये एक सदस्य पद रिक्त थियो । दाहाल माओवादीका तर्फबाट ०६४ को संविधानसभा सदस्य थिए । उनी चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । उनी माओवादी अध्यक्ष प्रचण्डका नाताले भाइ पर्छन् । माओवादीका एक नेताका अनुसार पार्टीभित्र कुनै निर्णय नभई अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाका लागि नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । 

ad
ad