मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २९ मंगलबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि भूमिका निर्वाह गर्छु : राष्ट्रिय सभा सदस्य दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २९ मंगलबार १३:४९:००

राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाको सदस्यको रूपमा शपथग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभाको अधिकारक्षेत्रभित्र रहेर राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि भूमिका खेल्ने बताएका हुन्।

‘अहिले जनताको भावना र चाहना जो अभिव्यक्त भएको छ, म कुनै क्षेत्रबाट निर्वाचित नभए पनि भूमिकाको हिसाबले आफ्नो क्षमताले भ्याएजति जनताको भावनालाई कदर गर्ने कुरा, जनताका चाहनाहरूलाई सम्बोधन गर्ने कुरामा म आफ्नो सम्पूर्ण समय त्यसमा लगाउने कुरामा म दृढविश्वस्त छु र मैले अठोट र प्रतिज्ञा पनि गरेको छु,’ उनले भने।

राष्ट्रिय सभा सदस्य दाहालले अहिले पार्टीहरू र जनप्रतिनिधिहरूप्रति आमजनतामा वितृष्णा पैदा हुँदै गएकाले आफ्नो व्यवहारबाट ती धारणालाई बदल्ने पनि बताए। उनले शान्तिप्रक्रियाका बाँकी रहेका कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने महत्वपूर्ण काम रहेको पनि उल्लेख गरे।