१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुलिसलाई स्तब्ध पार्दै मोरङ सेमिफाइनलमा

पाँचपटकको विजेता नेपाल पुलिस क्लबलाई ३–० ले स्तब्ध पार्दै मोरङ बुढासुब्बा गोल्डकपको अन्तिम चारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५८:oo

मोरङ फुटबल एसोसिएसनले बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा सोमबार भएको खेलमा पाँचपटकको विजेता नेपाल पुलिस क्लबलाई ३–० ले स्तब्ध पार्दै मोरङ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशको खेलमा मोरङले अब आयोजक धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछि मोरङले खेलमा सुधार गर्‍यो । यसको अनुपातमा पुलिसको खेल बिग्रियो । खेलको ७०औँ मिनेटमा मोरङका महेन्द्र कार्कीले १–० का लागि गोल गरे । खेलको ८०औँ मिनेटमा मोरङले पेनाल्टीमा २–० को अग्रता लियो । 

पुलिसका सञ्जीव लामाले मोरङका मौसम लिम्बूलाई पेनाल्टी एरियामा लडाएका थिए । त्यसपछि प्राप्त पेनाल्टीमा मोरङका उमेश कार्कीले गोल गरे । मोरङका सुशील राईले अन्तिम इन्जुरी समयमा ३–० को अग्रता दिलाए । 

प्रतिस्पर्धामा आक्रामक रूपमा प्रस्तुत भएको पुलिसको फिनिसिङ कमजोर देखिएको थियो । खेलका अन्तिम मिनेटमा पुलिका हेमन्त श्रेष्ठले रेड कार्डसमेत पाएका थिए । खेलको म्यानअफ दी म्याच मोरङका उमेश कार्की घोषित हुँदै १० हजार पुरस्कार पाए । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुने आयोजकले जनाएको छ । ३ चैत्रसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । 

ad
ad