१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट : पुलिस चार विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१८:oo

नेपाल पुलिस क्लबले कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको आइतबार भएको अर्को खेलमा त्रिभुवन आर्मीले दोस्रो जित हात पारेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा पुलिसले गण्डकीलाई ४ विकेटले हरायो । जितसँगै पुलिस समूह ‘बी’मा तेस्रो स्थानमा उक्लेको छ ।

पुलिसले दुई खेलमा समान एक जित र हारको सामना गरी दुई अंक जोडेको छ । गण्डकी तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । पुलिस पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । पहिलो ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । प्रत्युत्तरमा पुलिसले १९.३ ओभरमा ६ विकेटको नोक्सानीमा जित निकाल्यो । पुलिसले निर्धारित ओभर सकिन तीन बलअघि जित हात पारेको हो ।

 शंकरको अर्धशतकीय इनिङ्स
पुलिसलाई महत्वपूर्ण दुई अंक दिलाउने क्रममा मध्यक्रमका ब्याट्सम्यान शंकर रानाले नटआउट ५१ रनको योगदान दिएका थिए । उनले आफ्नो इनिङ्समा ३० बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । उनले शरद भेषवाकरसँग चौथो विकेटका लागि ७१ रनको बलियो साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए । शरदले २२ बलमा एक छक्काको सहयोगमा १८ रन बनाए । यसैग्री, कप्तान मञ्जित श्रेष्ठले आठ बलमा समान एक चौका र छक्का प्रहार गरी १३ रन जोडे । यसअघि ओपनर दिलीप नाथ इनिङ्सको २.२ ओभरमा शून्य रनमा आउट भएका थिए । उनले ६ बलको सामना गरे । सो इनिङ्समा अमित श्रेष्ठले २३ बलमा चार चौका प्रहार गरी २८ रन बटुले । गण्डकीको बलिङमा अमृत गुरुङ र सन्दीप पराजुलीले समान दुई विकेट हात पारे । 

दीपक अर्धशतक बनाउन चुके
पहिलो ब्याटिङ गरेको गण्डकीका लागि तीन ब्याट्सम्यानले गतिलो योगदान दिए । ओपनर ईश्वर क्षेत्रीले ४१ रन, दीपक डुम्रेले ४० रन र दीनेश बुढामगरले ४६ रनको योगदान दिए । गण्डकीले पहिलो विकेटका लागि ५.३ ओभरमा ४२ रनको साझेदारी गर्‍यो । ईश्वरले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । त्यसपछि दीपक र दिनेशबीच तेस्रो विकेटका लागि ९१ रनको बलियो साझेदारी भयो । यही साझेदारीका कारण गण्डकीले १८.५ ओभरमा १३७/३ बलियो स्थितिमा आफूलाई पायो । दीपकले ३१ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४० रन बटुले । दिनेश अर्धशतक बनाउन चार रनले चुके । उनले ४५ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।  

आर्मी सात विकेटले विजयी 
दोस्रो खेलमा आर्मीले मधेशलाई ७ विकेटले पराजित गर्‍यो । आर्मी लगातार दोस्रो जितका साथ समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले यसअघि कर्णालीलाई हराएको थियो । आर्मीले दुई खेलमा चार अंक बनाएको छ । तीन खेलमा एक जित र दुई हारको अवस्थामा मधेश चौथो स्थानमा छ । मधेशले २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पार्‍यो । मधेशका पवन सराफले ३९ बलमा ६ छक्का र २ चौका प्रहारमा ६३ रन बनाए । साहिल पटेलले २२ रन र राहुल मण्डलले १७ रनको योगदान दिए । आर्मीका नितेश पटेलले १९ रन खर्चेर ४ विकेट लिए । प्रत्युत्तरमा आर्मीले १६.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायो । आर्मीकोे जितमा त्रितराज दासले ४३ बलमा २ छक्का र ६ चौका प्रहार गरी अविजित ६० रन जोडे । 

ad
ad