१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २५ शुक्रबार १५:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाले मनायो महाशिवरात्रि तथा स्थापना दिवस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २५ शुक्रबार १५:२५:००

नेपाली सेनाले महाशिवरात्रि तथा स्थापनाको २६१औँ वार्षिकोत्सव मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहबीच स्थापना दिवस आयोजना भएको हो।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झन्डालगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो। कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवं सांगीतिक प्रस्तुति गरिएको थियो।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पाहार चढाएर सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरे। उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही–२०८० विमोचन गरे।

राष्ट्रपतिले फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः अमल्दार टंकबहादुर डाँगी र सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान गरे। उनले कार्यक्रममा सांगीतिक प्रस्तुति दिने भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरे।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरेलगायत विशिष्ठ व्यक्ति सहभागी थिए।