१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेसुंगा क्षेत्रमा भीषण आगलागी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २२:४९:oo

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा भीषण आगलागी भएको छ । मंगलबार साझ उर्लेनीतिरको भिरबाट सुरु भएको आगो हावाका कारण फैलिएर रेसुंगाको शिरतिर फैलिएको छ । 

उर्लेनी क्षेत्रमा दुईवटा बस्तीमा करिब ४० घर परिवार छन् । सुरुमा वनको आगो बस्ती आउन सक्ने भएकाले सशस्त्र प्रहरी परिचालन भएको थियो । बस्तीमाथि आगलागी भएकाले हावा चले जोखिम हुने रेसुंगा नगरपालिका– १३ का पूर्ववडाध्यक्ष खुम खत्रीले जानकारी दिए । 

आगलागीका कारण रेसुंगा क्षेत्रमा रहेको भ्यु टावर, रेडियो नेपालको टावर, एनसेल टावर, सिद्धबाबा मन्दिरलगायतका संरचना जोखिममा पर्ने देखिएको छ । 

आगोको क्षतिबाट संरचना जोगाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको सुरक्षाकर्मीको टोली रेसुंगा क्षेत्रमा परिचालन भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । 

लामो समयको सुख्खा र गर्मी बढेकाले आगलागीका घटना सुरु भएका छन् । रेसुंगामा बर्सेनि आगलागी हुने गरेको छ । 

ad
ad