Skip This
एमाले खोटाङको आठौँ अधिवेशन २८ र २९ चैतमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २५ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण २५ शुक्रबार १४:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले खोटाङको आठौँ अधिवेशन २८ र २९ चैतमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २५ शुक्रबार १४:२८:oo

नेकपा एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन आगामी चैत अन्तिम साता दिक्तेलमा हुने भएको छ। एमाले खोटाङको ११औँ पूर्ण बैठकले आठौँ जिल्ला अधिवेशन आगामी चैत २८ र २९ गते दिक्तेलमा गर्ने निर्णय गरेको हो।

एमालेले अधिवेशनका लागि जिल्ला अध्यक्ष रामप्रसाद दंगालको संयोजकत्वमा तीन सय ३३ सदस्यीय अधिवेशन मूल आयोजक समिति गठन गरेको छ।

मूल आयोजक समितिमा प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, पालिकास्तरीय समितिका पदाधिकारी, लेखा आयोगका सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि तथा सदस्य छन्। 

जिल्ला अधिवेशन सफल पार्न विभिन्न उपसमितिसमेत गठन गरिएको एमाले खोटाङले जनाएको छ। जिल्ला पार्टी सचिव कुमार आचार्यको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको जनाइएको छ। 

प्रचार–प्रसार उपसमितिमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, पदाधिकारी तथा पूर्वसदस्य जिल्लाका पदाधिकारी, जिल्ला प्रचार विभागका सदस्यहरूसमेत रहने गरी एक सय एक सदस्य छन्। प्रचार–प्रसार उपसमितिले आफूले पाएको जिम्मेवारीअनुसार कामसमेत सुरु गरेको एमालेले जनाएको छ। 

पार्टी उपसचिव सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक उपसमिति निर्माण गरिएको जनाइएको छ। आर्थिक उपसमितिमा निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नेपाल उद्योग तथा व्यवसायी महासंघको पदाधिकारी, केन्द्र, प्रदेश जिल्ला र नेपाल निजामती कर्मचारी संगठन, राष्ट्रिय शिक्षक संगठन, पेसागत महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघलगायत सदस्य छन्। 

जिल्ला अधिवेशन सम्पन्न गर्न काठमाडौंमा समेत आर्थिक सहयोग संकलन समिति निर्माण गरिएको बताइएको छ। प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब पाँच सयको हाराहारीमा सहभागी हुने अधिवेशनका लागि चैत १७ गते प्रतिनिधि छनोट गर्ने निर्णय गरिएको अध्यक्ष दंगालले जानकारी दिएका छन्।  

अधिवेशनमा पेस गरिने सांगठनिक, आर्थिक र राजनीतिक प्रतिवेदनका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको एमालेले जनाएको छ। बैठकले अधिवेशनका लागि प्रतिनिधि छनोट गर्न नियमानुसार गर्ने निर्णय सर्वसहमतिमा पारित गरेको छ। 

दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा बसेको ११औँ पूर्ण बैठकले केन्द्रीय समितिले गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का क्रममा सुरक्षा र कार्यक्रम व्यवस्थापन सफल भएको निष्कर्ष निकालेको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको २४औँ जिल्ला अधिवेशनबाट निर्वाचित, लोकतान्त्रिक आदिवासी जनजाति प्रदेश समितिमा निर्वाचित र खोटाङ–काठमाडाैं सम्पर्क मञ्चको अधिवेशनबाट निर्वाचित समितिलाई बधाईसमेत ज्ञापन गरेको छ। 

एमाले खोटाङको जिल्ला अधिवेशन मिति तोकिएसँगै अध्यक्षका लागि दुई नेताले सक्रियता बढाएका छन्। वर्तमान अध्यक्ष दंगाल र उपाध्यक्ष देवविक्रम राई आ–आफ्नो दाबीसहित समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

पार्टी उच्च स्रोतले भने जिल्ला अधिवेशनले सहमतिबाटै नेतृत्व चयन गर्ने बताउँदै आएको छ। तर, दुई नेताको सक्रियता हेर्दा आठौँ अधिवेशनले सर्वसहमतिमा नेतृत्व चयन गर्ने सम्भावना देखिएको छैन। 

उपाध्यक्षमा वर्तमान सचिव कुमार आचार्य र सचिवमा वर्तमान उपसचिव सुरेन्द्रकुमार राईको मात्र दाबी देखिएको छ।दुईवटा उपसचिव पदमा भने गिरेन्द्रबहादुर राई, दिलचक्र राई, राजन बन्जरा, कमल ढकाल, कविता राई, गोमा मगर र गोपालचन्द्र आचार्यको दाबी रहेको समाचार स्रोतले जनाएको छ।