१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २० बिहीबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको काँधमा ६ मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o७:oo

बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको काँधमा ६ मन्त्रालयको जिम्मेवारी थपिएको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेलमातहत रहने गरी जिम्मेवारी तोकेका छन्। यसअघि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्रीले कार्यविभाजन गर्दै प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरणका लागि पठाएका थिए।

केन्द्रमा सत्तासमीकरण बदलिएपछि बुधबार बेलुकी मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका मन्त्रीहरूले राजीनामापत्र बुझाएका थिए। त्यसपछि कांग्रेसका मन्त्रीहरूले सम्हादै आएको ६ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलको काँधमा आएको हो।

जम्कट्टेल नेतृत्वको सरकारका मौजुदा मन्त्रिपरिषदबाट कांग्रेसका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले सामूहिक राजीनामा दिएका थिए।

तत्काल नयाँ सत्तासाझेदार दल सरकारमा नजाँदासम्म रिक्त भएका मन्त्रालयहरूको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्नेछन्।

ad
ad