१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २४ बिहीबार १४:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विगतबाट शिक्षा लिएर नयाँ सहयात्रा सुरु गरेका छौँ, संसद्को पूरा कार्यकाल टिक्छ : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २४ बिहीबार १४:१६:००

एमाले सांसद विष्णु पौडेलले माओवादीसँगको नयाँ ‘सहयात्रा’ संसद्को पूरा कार्यकालसम्म रहने दाबी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेको गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र विगतका अनुभवबाट शिक्षा लिएर पुनः सहयात्रा आरम्भ गरिएको बताए।

‘अहिले सुरु भएको नयाँ सहयात्राले प्रतिनिधिसभाको यो कार्यकाल पूरा गर्नेछ। यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा होइन। यो कुनै अवसरका निम्ति गरिएको सहयात्रा होइन। जनता र राष्ट्रका समस्यालाई केन्द्रमा राखेर गरिएको सहयात्रा हो। विगतका अनुभवबाट यथेष्ट शिक्षा लिएर आरम्भ गरिएको हो,’ पौडेलले भने।

इतिहास स्प्रिङजस्तो घुम्ने भन्दै पौडेलले फेरि यो गठबन्धन टुटाउन सकिन्छ कि भन्ने आस नगर्न कांग्रेसलाई सुझाव दिए। उनले भने, ‘इतिहास कहिल्यै पनि सेलरोटीजस्तो घुम्दैन, स्प्रिङ जस्तो घुम्छ। लाग्दो हो यहाँहरूलाई, हिजो जे भयो अब केही समयपछि हामी पनि त्यस्तै गर्छौँ भनेर। त्यो आशा नगरे हुन्छ।’