१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २२ मंगलबार २२:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड-ओलीको प्रस्तावबारे एकीकृत समाजवादीले भोलि निर्णय गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २२ मंगलबार २२:५०:००

नयाँ सत्तागठबन्धनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले राखेको प्रस्तावमाथि एकीकृत समाजवादीले भोलि निर्णय लिने भएको छ । 

भोलि बिहान ११ बजे बस्ने समाजवादीको बैठकले सो प्रस्तावमाथि निर्णय लिने महासचिव घनश्याम भुसालले जानकारी दिए । उनले प्रधानमन्त्री र एमाले अध्यक्षले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राखेको प्रस्ताव सकारात्मक नै रहेको बताए । 

उनले भेटघाटमा प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाउनुपर्नाको कारणबारे विस्तृतमा व्याख्या गरेको भन्दै प्राविधिक कारणले मात्र गठबन्धनबारे एकीकृत समाजवादीलाई जानकारी गराउन नसकिएकामा आत्मालोचना गरेको बताए । 

परिवर्तित सन्दर्भमा एकीकृत समाजवादीलाई समेत नयाँ सत्तागठबन्धनमा सहभागी हुन प्रस्ताव लिएर आज साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कोटेश्वरस्थित नेपालनिवास पुगेका थिए । त्यहाँ दुई घण्टासम्म छलफल चलेको थियो ।

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका महासचिव भुसाल पनि सहभागी थिए । भुसालले छलफलमा एमाले अध्यक्ष ओली पनि लचकताका साथ प्रस्तुत भएको बताए ।