१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सूर्य नेपालले बजारमा ल्यायो ‘टफिचु इक्लेयर्स’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:४o:oo

सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचुअन्तर्गत नयाँ क्यान्डी ‘इक्लेयर्स’ बजारमा ल्याएको छ । कम्पनीले बाहिरी तहमा मिल्क चकलेटका साथै भित्री तहमा चकलेट भरेर बनाएको इक्लेयर्स ‘पियोर चकलेटी जोय’ भन्ने नाराका साथ ल्याएको हो । 

सुनौलो रङको ट्विस्ट र्‍यापमा प्याक गरिएको यो इक्लेयर्स बजारमा उपलब्ध अरू चकलेट स्वादका कन्फेक्सनरी उत्पादनभन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको कम्पनीको दाबी छ । 

कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई इक्लेयर्सको बेग्लै आनन्द लिन सकिने कम्पनीले जनाएको छ । चकलेटका साथै चकलेट मिल्क तथा बटर मिल्कको स्वाद भएको इक्लेयर्सले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कने कम्पनीले विश्वास व्यक्त गरेको छ । पाँच रुपैयाँमा दुईवटा पाइने यो इक्लेयर्स नेपालभरिका खुद्रा पसलमा पाइने कम्पनीको भनाइ छ ।

ad
ad