१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरीलाई चक्कु प्रहार गरी फरार युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२५:oo

ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्नालाई गत माघ ७ गते चक्कु प्रहार गरी फरार रहेका महाकाली नगरपालिका– १ का २३ वर्षीय उमेशसिह कुँवरलाई प्रहरीले सदरमुकाम खलंगाबाट पक्राउ गरेको छ । सामुदायिक प्रहरी बंगाबगडमा कार्यरत रहेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान ठगुन्नामाथि कुँवरले आक्रमण गरेका थिए । 

उमेशले पत्नी धनिशा कुँवरलाई बन्दकी बनाएर कुटपिट गर्ने गरेको भन्दै सामुदायिक प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि पीडितको घरमा उमेशलाई छलफलका लागि बोलाउन गएका वेला प्रहरीमाथि आक्रमण भएको थियो । प्रहरीमाथि चक्कु प्रहार गरेपछि ठगुन्नाको आँखाको तल्लो भागमा चोट लागेको थियो भने प्रहरी जवानको जिल्ला अस्पताल दार्चुलामा उपचार भयो ।

प्रहरीलाई आक्रमण गरेलगत्तै फरार रहेका उनलाई सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर गोविन्द भण्डारीले जानकारी दिए । फरारलगत्तै कुँवर भारतमा लुकेर बसेका थिए । 

ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्ने युवकमाथि प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको भण्डारीले बताए ।

ad
ad