१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २२ मंगलबार ०६:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शान्ति प्रयास-४ सम्पन्न : १८ देशका ११२५ सैनिक सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २२ मंगलबार ०६:५५:००

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका सैनिकबीच शान्ति स्थापना कार्यमा समन्वय वृद्धि गरी निखार ल्याउने उद्देश्यले आयोजना गरिएको शान्ति प्रयास–४ सम्पन्न भएको छ । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालित अभ्यासमा १८ देशका एक हजार एक सय २८ सैनिक सहभागी थिए । 

यो अभ्यासले द्वन्द्वग्रस्त मुलुकको जटिलता र विविध चुनौतीका बाबजुद शान्ति सैनिकको व्यावसायिकता, आपसी सम्बन्ध, पेसागत ज्ञान तथा मनोबल अभिवृद्धिमा सहयोगी हुने प्रधानसेनापति प्रभुराम शर्माले बताए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबाट शान्ति स्थापनामा संलग्न देशबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि हुने बताए । यसअघि तीनपटक नेपालमा यस्तो अभ्यास सम्पन्न भइसकेको छ । अमेरिकी सरकारको ग्लोबल पिस अप्रेसन इनिसियटिभको सहयोगमा अभ्यास सम्पन्न भएको हो । 

अमेरिकी सेनाका मेजर जनरल जिरेड हालविङले हालसम्म सञ्चालित सबैभन्दा ठूलो शान्ति स्थापनासम्बन्धी प्रयास अन्तर्राष्ट्रिय अभ्यासमा पर्ने बताए । शान्ति प्रयास–४ ले चुनौतीपूर्ण बन्दै गइरहेको हालको विश्वमा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यको आवश्यकता र महत्व बढिरहेको एवं यस्तो परिप्रेक्ष्यमा सञ्चालित अभ्यासमा सहभागी विभिन्न देशका सैनिकले विश्व शान्ति स्थापनामा ठूलो योगदान पु¥याउने विश्वास उनले व्यक्त गरे । गत ८ फागुनमा अभ्यास सुरु भएको थियो । अभ्यासमा शान्ति स्थापना मिसनमा शान्ति सैनिकले निर्वाह गर्नुपर्ने भूमिकामा आधारित गतिविधि समावेश थिए ।