१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
वाफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा घाइते भएकी प्रिती राई । फाइल तस्बिर
२o८१ बैशाख १७ सोमबार o६:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला फुटबलर प्रिती तीन महिना मैदानबाहिर

साउदी अरेबियामा भएको वाफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्तमा जोर्डनविरुद्ध ७०औँ मिनेटमा घाइते भएकी मिडफिल्डर प्रिती राईको सोमबार घुँडाको शल्यक्रिया भएको छ । मैदानमा फर्किन उनलाई तीन महिना समय लाग्नेछ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:१९:oo

वाफ महिला फुटबल प्रतियोगिताको फाइनलमा घाइते भएकी नेपाली राष्ट्रिय फुटबल टोलीकी महŒवपूर्ण खेलाडी प्रिती राई कम्तीमा तीन महिना मैदानबाहिर रहने भएकी छिन् । साउदी अरेबियामा गत बिहीबार जोर्डनविरुद्धको उपाधि भिडन्तमा प्रिती चोटग्रस्त बनेकी थिइन् । नेपाल फर्केको लगत्तै उनको सोमबार बी एन्ड बी अस्पतालमा घुँडाको शल्यक्रिया भएको छ । 

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार प्रितीको प्रा.डा. अमित जोशीको नेतृत्वमा अर्थोस्कोपिक सर्जनको टोलीले शल्यक्रिया गरेको हो । ‘आर्थाेस्कोपिक सर्जनहरूको टोलीद्वारा प्रितीको सफल शल्यक्रिया भएको छ, अहिले उनको अवस्था सामान्य र क्रमिक रूपमा सुधार आएको छ,’ बी एन्ड बीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसैबीच प्रितीले नयाँ पत्रिकासँग कुरकानी गर्दै आफू कम्तीमा तीन महिना मैदानबाहिर रहने जानकारी दिएकी छिन् । ‘अहिले मेरो अवस्था सामान्य छ, खासै समस्या आएको छैन,’ उनले भनिन्, ‘मैदानमा फर्कन तीन महिना लाग्छ, यस अर्थमा म कम्तीमा तीन महिना मैदानबाहिर रहनेछु ।’ यद्यपि, अस्पतालले उनी कति समयसम्म मैदानबाहिर रहने जानकारी दिएको छैन । 

चोटसँगै प्रितीले भारतीय महिला लिगको बाँकी खेल गुमाउनेछिन् । उनी किक स्टार्सबाट लिग खेल्दै आएकी थिइन् । किक स्टार्समा पनि उनको उत्कृष्ट प्रदर्शन जारी थियो । भारतीय महिला लिगमा उनले नौ खेल खेलेकी छिन् । तीन खेल कम खेलेको प्रिती आबद्ध किक स्टार्स तेस्रो स्थानमा छ । करिअरमा उनले दोस्रोपटक घुँडाको चोट सामना गरेकी हुन् । यसअघि नेपालको यू–२० टोलीको कप्तानी गर्दा उनी घाइते भइन् । जसका कारण उनी ६ महिना मैदानबाहिर रहिन् । एएफसी यू–२० महिला एसियन छनोट खेल्दा प्यालेस्टाइनविरुद्ध घाइते भएकी थिइन् । यसपटक प्रितीले महिला साफ च्याम्पियनसिपमा कमब्याक गर्ने विश्वास गरिएको छ । 

फाइनलमा घाइते 
नेपाली महिला फुटबल टोलीले ३८ वर्षपछि उपाधि जित्ने लक्ष्यका साथ साउदी अरेबिया पुगेको थियो । वेस्ट एसियन फुटबल महासंघ (वाफ) को निमन्त्रणामा नेपालले प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर पाएको थियो । उपाधि भिडन्तमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भयो । फाइनलमा प्रिती ७०औँ मिनेटमा घाइते भएकी थिइन् । विपक्षी खेलाडीले उनको घुँडामा प्रहार गरेकी थिइन् ।

मैदानमा प्राथमिक उपचारपछि चिकित्सक टोलीले उनलाई खेल्न नसक्ने बताएका थिए । त्यसपछि प्रशिक्षक राजेन्द्र तामाङले प्रितीको स्थानमा ७५औँ मिनेटमा अट्याकर अनिता केसीलाई मैदान प्रवेश गराएका थिए । नेपालको मिडफिल्डमा प्रितीको प्रदर्शन महत्वपूर्ण रहँदै आएको छ । उनको सानदार प्रदर्शनमा नेपालले फाइनल यात्रा तय गरेको थियो । लेबनानविरुद्ध २–१ ले जित निकाल्दा इन्जुरी समयमा उनले विजयी गोल गरेकी थिइन् । यसअघि प्रतियोगिता भर उनले दुई असिस्ट गरिन् । 

भुटानको पोस्टमा तीन गोल
नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१६ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार नेपालले भुटानलाई ३–० ले पराजित गरेको हो । तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । नेपालले दोस्रो हाफमा गोलको प्रयास गरेको थियो । तर, कुनै पनि प्रहार फ्रेममा पर्न सकेन ।

नेपालको जितमा पूजा गिरी, कप्तान भुमिका बुढाथोकी र ज्ञानशु डोल्मा लोले गोल गरेका थिए । नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो । भुटान पहिलो खेलमा भारतसँग ७–० ले हारको सामना गर्‍यो । लगातार हारपछि भुटानको फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपालको फाइनल खेल्ने सम्भावना यथावत् छ । नेपालले बिहीबार भारतसँग खेल्नेछ । चार टोली सहभागी प्रतियोगिताको शीर्ष दुई फाइनलमा स्थान बनाउनेछन् । 

ad
ad