Skip This
प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्तले हानेर निस्कन सक्छु : प्रधानमन्त्री 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २१ सोमबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्तले हानेर निस्कन सक्छु : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १५:५९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे कुनै पनि वेला आफू लात्तले हानेर निस्कन सक्ने व्यक्ति भएको बताएका छन् । 

कांग्रेससँगको सत्तासहयात्रा तोडेर नयाँ गठबन्धन बनाएको केही घण्टाभित्रै प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा भने, ‘म प्रतिक्रियावादीहरूका निम्ति विश्वसनीय छैन । प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे भने कुनै पनि वेला लात्तले हानेर निस्कन सक्छु ।’

उनले सहिद, बेपत्ता, अपांगता भएकाहरू र मुलुकप्रति सधैँ विश्वसनीय र इमानदार रहेको, तर प्रतिक्रियावादीहरूप्रति कहिल्यै विश्वसनीय नरहेको जिकिर गरे । 

‘मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्रायः प्रतिक्रियावादीहरूले धेरै नै अविश्वसनीय, विश्वासै गर्न नसकिने, कतिवेला कता फड्किन्छ, बुझ्नै नसक्ने मान्छे भन्छन् । तर, म त्यस्तो होइन,’ उनले भने, ‘म नेपालका ती महान् सहिद, बेपत्ता घाइते, अपांग र नेपाल राष्ट्रप्रति विश्वसनीय छु । उनीहरूप्रति इमानदार हुने कुरामा जहिले पनि निरन्तर कायम छु । तर, प्रतिक्रियावादीले उपयोग गर्न खोजे भने कुनै पनि वेला लात्ताले हानेर निस्कन सक्छु । त्यसकारण उनीहरूका लागि म विश्वसनीय छैन, हुन पनि परेको छैन ।’

सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयका कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हरेक दृष्टिकोणले आजको दिन एउटा नयाँ क्रमभंगको दिन हुन पुगेको बताए । उनले भने, ‘राष्ट्र र जनताको निम्ति हामी सबै एकताबद्ध बनौँ । एकताबद्ध हुनुको विकल्प छैन ।’