१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २१ सोमबार १५:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्षाले गएरातिदेखि दाउन्नेमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध  

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २१ सोमबार १५:११:००

गएराति परेको वर्षाले पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा रातिदेखि यातायात अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार अवरुद्ध सडक अझै खुल्न सकेको छैन। साना सवारीसाधन केही सञ्चालनमा आए पनि ठूला सवारीसाधन सञ्चालनमा आउन सकेको छैन।

पूर्व–पश्चिम सडकको बुटवल–नारायणगढ सडक विस्तारको क्रममा ठाउँठाउँमा बनेको डाइभर्सन र सडकमा रहेको चिप्लो तथा धुलो माटोको कारण बाटो अवरुद्ध हुन पुगेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माका अनुसार बाटो चिप्लो भएको र ठाउँठाउँमा पहिरो खसेका कारण सडक खुलाउन गाह्रो भइरहेको छ। प्रहरीका अनुसार आजै बाटो खुल्ने सम्भावना कम छ।

पूर्व–पश्चिम राजमार्गको चोरमारा–दाउन्ने सडकखण्ड आइतबार रातभरि अवरुद्ध हुँदा हजारौँ यात्रुले सास्ती खेपेका छन्। रातभरि जाम पर्दा पनि कसैले खुलाउन पहल नगर्दा आफूहरूले सास्ती खेप्नुपरेकाे यात्रुकाे गुनासाे छ।