Skip This
हावाहुरीले पोल ढलेपछि अछाम र बाजुरामा विद्युत् सेवा अवरुद्ध
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ७ शुक्रबार
  • Wednesday, 23 April, 2025
२o८१ बैशाख ७ शुक्रबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हावाहुरीले पोल ढलेपछि अछाम र बाजुरामा विद्युत् सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ७ शुक्रबार १८:३७:oo

हावाहुरीका कारण डोटीको शान्तिनगरमा सल्लाको रुख ढलेर पोल भाँचिएपछि अछाम र बाजुरामा विद्युत् सेवा अवरुद्ध भएको छ। ढलेको रुखले मुख्य प्रसारणलाइनका दुई पोलमा पूर्ण क्षति गरेपछि विद्युत् अवरुद्ध भएको हो।

शुक्रबार मध्यदिउँसो चलेको हावाहुरीले ३३ केभी प्रसारणलाइन बन्द भएका कारण सदरमुकाम मंगलसेनसहित अछामको चौखुट्टे, साँफेबगर, कमलबजारलगायत ठाउँका सरकारी कार्यालय र निजी क्षेत्रका काम प्रभावित भएका छन्।

विद्युत् नहुँदा सबैभन्दा धेरै सञ्चारमाध्यम प्रभावित भएका छन्। शुक्रबार दिउँसोदेखि एफएम रेडियो र अनलाइन मिडियाहरू बन्द छन्।  अवरुद्ध विद्युत् सञ्चालनका लागि अछामबाट खटिएको नेपाल विद्युत् प्राधिकरणको टोलीले नयाँ पोल हाल्ने तथा मुख्य प्रसारणलाइन जडान गर्ने काम गरिरहेको प्राधिकरणका अछाम प्रमुख हिक्मत बिसीले बताए।

उनका अनुसार पोल र तारमा धेरै क्षति भएकाले मर्मतमा समय लाग्ने देखिएको छ। नयाँ पोल हाल्न खाल्डो खन्ने तथा क्षतिग्रस्त तार व्यवस्थापन गर्नुपर्ने भएकाले शनिबार दिउँसोसम्म मात्र विद्युत् नियमित हुने सम्भावना रहेको फिल्डमा खटिएका प्राविधिक झंकर बयकले बताए।

अछाम र डोटीबाट आवश्यक पोल तथा अन्य सामग्री फिल्डमा पुगे पनि त्यसको जडानलगायतका काममा समय लाग्ने भएकाले विद्युत् नियमित गर्न समय लाग्ने देखिएको उनले बताए।