१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रिन्स लगातार चौथोपटक च्याम्पियन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४८:oo

प्रिन्स दाहाल चौथोपटक पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनको च्याम्पियन भएका छन् । शनिबार भएको पुरुष एकलतर्फको फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ क्लबका प्रिन्सले ललितपुरका प्रफुल महर्जनमाथि २१–१८ र २२–२० को जित निकालेका हुन् । १३औँ पुष्पलाल स्मृतिको तेस्रो स्थानमा एपिएफकै देवराज राना र नेपाल पुलिसका सुनिल जोशी संयुक्त रहे । 

नेकपा एमालेको भातृसंगठन नेपाल खेलकुद महासंघको आयोजना भएको महिला एकलतर्फ उपाधि ललितपुरकी रसिला महर्जनले जितेकी छिन् । रसिलाले भोजपुरकी नङसल तामाङलाई १७–२१, २१–१५, २२–२० ले हराएकी हुन् । तेस्रो स्थानमा त्रिभुवन आर्मी अनुमाया राई र नेपाल पुलिसकी निता लम्साल रहेका छन् । विजेताले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने दुईले जनही १२ हजार पाँच सय प्राप्त गरेका छन् । 

पुरुष शीर्ष आठबाहेकको उपाधि भने एपिएफका क्षितिज खनालले हात पारे । खनालले फाइनलमा नखिपोटका विवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । तेस्रो स्थानमा आर्मीका पविन लिङथेप र एपिएफका रोशन साउद रहे । महिलातर्फको खेलमा कास्कीकी दिलाशा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४ र २१–१३ ले पराजित गरेकी हुन् । तेस्रो स्थानमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल रहे ।

पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापा मगर विजयी भए । ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जन उपविजेता भएका हुन् । प्रिन्स र विजितको जोडीले २१–७, २२–२४ र २१–१२ को जित हात पारे । तेस्रो स्थानमा पाँचथरका दिवस शंकर र भोजपुरका विशाल तामाङ तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडी रहे ।

महिला युगलतर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनले उपाधि जितेका छन् । आर्मीकी अनुमाया राई र मोरङकी सीमा राजवंशीलाई २१–१९, २१–१२ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा कास्कीका शीतल केसी र अनु राना तथा एपिएफकी शोभा गौचन र नेपाल पुलिसकी निता लम्साल रहे । यू–१३ को पुरुषतर्फको उपाधि महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेलले जित हात पार्दै उपाधि जिते । महिलातर्फ अस्मिता खत्री विजयी भइन् ।

ad
ad