Skip This
स्माइल र हान्निसदोतिर पहिलो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o८:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्माइल र हान्निसदोतिर पहिलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:३७:oo

इजिप्टका सिफिल्दिन स्माइल र इजरायलकी इड्डा हान्निसदोतिरले पोखरामा सम्पन्न एसियन ट्रायथलन कप २०२४ को उपाधि जितेका छन् । शनिबार नेपाल ट्रायथलन संघको आयोजनामा एसियन ट्रायथलन कपको उपाधि हान्निसदोतिरले तथा दक्षिण एसियन च्याम्पियनसिपमा स्माइलले जितेकी हुन् । निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको दूरी ५६ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ स्माइल र १ घन्टा ६ सेकेन्डमा दूरी पूरा गर्दै महिलातर्फ हान्निसदोतिरले उपाधि जितेकी हुन् ।                                                                                    

प्रतियोगितामा १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेको गण्डकीका अध्यक्ष तथा प्रतियोगिता व्यवस्थापन कमिटीका संयोजक डिल्लीराज सुवेदीले जानकारी दिए । प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स (युएई), प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्यान्ड, लक्जम्बर्ग, जापान, भारत, मोरिसस, काजकस्तान, बंगलादेश र उज्वेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुषतर्फको अस्ट्रेलियाका ब्रोकलिन हेनरी दोस्रो, जापानका मित्सुहो मोचीजुकी तेस्रो, अस्ट्रेलियाका निक फ्रिसवाई चौथो र जापानका युया कोवायासीले पाँचौँ स्थान प्राप्त गरे । महिलातर्फ गाम्बियाकी मानामी इजिमा दोस्रो, उज्बेकिस्तानकी एलिना खाकीमोभा तेस्रो, इन्डोनेसियाकी मार्टिना आयु प्रातिवी चौथो र जापानकी इक्युमी सेटोले पाँचौँ स्थान हात पारिन् । प्रतिस्पर्धीहरूले फेवातालमा पौडीसँगै साइक्लिङ र दौड भने गौरीघाटबाट सुरु गरेर सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइट, राष्ट्र बैंक चोक हुँदै पुनः गौरीघाटमा आएर सम्पन्न गरेका थिए । दुवैतर्फको विजेताले ६ सय ३०, दोस्रोले पाँच सय २५, तेस्रोले चार सय २०, चौथोले तीन सय १५ र पाँचौँले दुई सय १० अमेरिकी डलर पुरस्कार पाएका छन् । 

दक्षिण एसियाली ट्रायथलन पुरुषतर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र महिलातर्फ भरतकै मान्सि मोहीतीले उपाधि जितेका छन् । सिनिमोलले उपाधिमा ह्याटिक गरिन् । पुरुषतर्फ भारतकै कौशिक विनय मालन्दकर दोस्रो, नेपालका विपिन खत्कत्वा तेस्रो र नेपालका प्रवीन थारूले चौथो स्थान हात पारे । महिलातर्फ नेपालकी श्रेवी महर्जन दोस्रो, नेपालकी शोभा बलामीले तेस्रो स्थान हात पारिन् । जुनियर साउथ एसियन च्याम्पियनसिपअन्तर्गत भारतका साइलोहितक केडी पहिलो, भारतकै कृषिभ पटेल दोस्रो र नेपालका यजु महर्जन तेस्रो भए । महिलातर्फ नेपालकी श्रेवी महर्जन पहिलो भइन् । 

राष्ट्रियतर्फ विपिन र श्रेवी पहिलो 
राष्ट्रियतर्फ पुरुषमा विपिन खत्कत्वा र महिलामा श्रेवी महर्जन पहिलो भएका छन् । विपिनले एक घन्टा पाँच मिनेट २५ सेकेन्ड तथा श्रेवीले एक घन्टा ११ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेका हुन् । पुरुषतर्फ प्रवीन थारू दोस्रो, मुकेश थारू तेस्रो र यजु महर्जनले चौथो स्थान हात पारे । महिलातर्फ शोभा बलामी दोस्रो, ज्ञानुकुमारी चौधरी तेस्रो र पुष्पा रोकाया चौथो भइन् । आइतबार दुवाथलन हुने भएको छ । 

ad
ad