Skip This
घरेलु मैदानमा नेपाल स्तब्ध, यमन २ - ० ले विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडाैं
२o८o मङ्सिर ५ मंगलबार २१:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

घरेलु मैदानमा नेपाल स्तब्ध, यमन २ - ० ले विजयी

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार २१:o५:oo

फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल घरमै पराजित भएको छ। गृहमैदान दशरथ रंगशालामा नेपाल यमनबाट २–० ले पराजित भएको हो। 

नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोर्‍यो। खेलका ७२औँ मिनेटमा यमनका कप्तान ओमार अब्दुल्लाह अल दाहीले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार नेपाली कप्तान गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै जाली चुम्न पुग्यो। 

दाहीले नेपाली डिबब्सभित्र चार डिफेन्डरलाई छक्याउँदै डिबक्सको ठीक बाहिरबाट प्रहार गरेका थिए। उनको गोल निकै दर्शनीय थियो। 

यस्तै, ९०औँ मिनेटमा अब्दुल्लाह अल दाहीले गोल गर्दै यमनको जित सुनिश्चित गरे। यो जितसँगै यमनले छनोट चरणमा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने नेपाल लगातार दोस्रो खेलमा पनि अंक जोड्न असफल भएको छ। 

‘होम एन्ड अवे’ आधारमा चलिरहेको छनोट खेलमा नेपालले गृहमैदानमा आफ्नो दोस्रो खेल गुमाएको हो। समूह ‘ए’मा रहेको नेपाल गत साता पहिलो खेलमा युएईसँग ४–० ले पराजित भएको थियो।