१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भित्तेचित्र लेखनका लागि ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४o:oo

काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलको सुन्दरता बढाउने गरी भित्तेचित्र लेखन हुने भएको छ । भित्तेचित्र लेखनका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएको छ ।

विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र स्थानमा प्रतिष्ठानले भित्तेचित्र बनाउनेछ । यो काम जेठ मसान्त ०८१ सम्ममा सम्पन्न गरिनेछ ।

भित्तेचित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ । चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ ।

यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्यांकन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि महानगरपालिकाले ५० लाख उपलब्ध गराउनेछ । सम्झौतापछि ६० प्रतिशत (३० लाख रुपैयाँ) र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत (२० लाख रुपैयाँ) प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

प्रतिष्ठानले कार्ययोजना बनाउँदा सम्झौतामा उल्लेख भएको रकमबमोजिकको बनाउनुपर्नेछ । विभागका अनुसार माइतीघरबाट बबरमहलतर्फ जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ता, अन्तर्राष्ट्रिय विमानस्थलबाहिर, बानेश्वर मीनभवनको भित्ता, लैनचौर समाज कल्याण परिषद्को भित्तालगायतमा चित्र लेखनका लागि स्वीकृत भएका छन् ।  

ad
ad