१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका सल्लेरी (सोलुखुम्बु)
२o८१ बैशाख १८ मंगलबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सामाजिक अभियन्ताको टोली सोलुमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सल्लेरी (सोलुखुम्बु)
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३६:oo

जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ । 

टोलीले जलवायु परिवर्तनले हिमाली महिलामा पारेको प्रभाव, हिमाल कालापत्थरमा परिणत हुँदै गएको, समग्र पर्यटन क्षेत्रमा पारेको प्रभावलगायतका विषयमा स्थानीय तथा जनप्रतिनिधिसँग अन्तर्क्रिया  गर्नेछ । 

अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउन टोली आज रामेछापको मन्थलीबाट लुक्ला आइपुगेको हो । विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौंबाट प्रस्थान गरेर रामेछापको मन्थली आइपुगेको थियो ।

यही फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तर्क्रिया कार्यक्रम गर्ने साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी गराएकी हुन् । उनले भनिन्, ‘स्याङ्बोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउनेछौँ ।’

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङ्बोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । 
 

ad
ad