१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजामा मारिने प्यालेस्टिनीको संख्या ३० हजार नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o५:oo

अक्टोबर ७ देखि इजरायलले गाजामा सुरु गरेको सैन्य अप्रेसनमा मारिने प्यालेस्टिनीहरूको संख्या बिहीबार ३० हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा मात्रै इजरायली लडाकु विमान र गोलीबारीबाट गाजापट्टीका विभिन्न क्षेत्रमा दर्जनौँ मारिएको गाजास्थित अस्पतालका स्रोतलाई उद्धृत गर्दै सिह्न्वाले लेखेको छ । 

बिहीबार नै गाजा सहरको पश्चिम तटमा अवस्थित अल–रासिद स्ट्रिटमा खाद्यान्न तथा औषधि लिन सहायता लाइनमा पर्खिरहेका प्यालेस्टिनीमाथि इजरायली सेनाले बम आक्रमण गर्दा कम्तिमा ७० जनाको ज्यान गएको छ । घटनामा अढाई सयजति घाइते भएका प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दे सिह्न्वाले लेखेको छ । मृतक र घाइतेलाई गाजाको अल–सिफा अस्पतालमा लगिएको छ । तर, महिनौँदेखि जारी इजरायली नाकाबन्दीको कारण सो अस्पतालमा चिकित्सा उपकरण र औषधीको अभाव रहेको बताइएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा गाजा क्षेत्रमा सक्रिय अतिवादी इस्लामिक समूह हमासले अचानक इजरायलको दक्षिण्ी भेगमा आक्रमण गरेपछि इजरायलले गाजामा निरन्तर बमबारी गरिरहेको छ । मर्नेको संख्या ३० हजारभन्दा बढी पुग्दा घाइतेको संख्या ७० हजार पुगेको पनि सोही निकाले जनाएको छ ।

अक्टोबर ७ को हमासको आक्रमणमा इजरायली भागमा करिब एक हजार २०० मानिस मारिएका थिए । त्यस्तै हमासले २०० भन्दा बढी इजरायली तथा इजरायलमा रहेका अन्य देशका नागरिकलाई बन्धक बनाएर लगेको थियो । इजरायलले आफूले हमासलाई निर्मूल गर्न गाजामा बमबारी गरिरहेको बताएको छ । तथापि मर्ने प्रायः आमसर्वसाधारण छन् । अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाका अनुसार मारिनेमध्ये करिब आधा त बालबालिका नै छन् । 

ad
ad