१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भरतपुर भ्रमण वर्षको उद्घाटन आज, पाँच पूर्वप्रधानमन्त्री सहभागी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:११:oo

महानगरभित्रकै सडकको अवस्था अहिले पनि अस्तव्यस्त, ओलीको आगमनले राजनीतिमा नयाँ समीकरणको तरंग

घोषणापछि मिति सर्दै आएको भरतपुर भ्रमण वर्ष तेस्रो महिनामा आज (मार्च १) मा उद्घाटन हुँदै छ । भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी–किनारमा औपचारिक रूपमा उद्घाटन गरिँदै छ । 

पाँच पूर्वप्रधानमन्त्री सहभागी हुने

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री सहभागी हुने महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । उनका अनुसार पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भरतपुर आउँदै छन् ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार उपस्थित हुने महानगरको अनुमान छ । भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । उद्घाटनअघि भरतपुरको चौबिसकोठीबाट नारायणी नदी–किनारसम्म विशाल र्‍याली निकालिँदै छ । महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेको दाहाल बताउँछिन् । भ्रमण वर्षले यस आसपासका क्षेत्रहरूको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा उनको छ । 

यसअघि  ०८० साललाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको महानगरले त्यतिवेला मुख्य राजमार्ग निर्माणाधीनको अवस्थामै रहेकाले सार्नुपरेको बताएको छ । भ्रमण वर्षका लागि लाखौँ रुपैयाँ खर्च गरिसकेको महानगरपालिकाले २०२४ को जनवरीमा पनि यही कारण देखाउँदै अन्तिम समयमा भ्रमण वर्षको कार्यक्रम रद्द गरेको थियो । महानगरको मुख्य बजार क्षेत्रको सडक अहिले पनि अस्तव्यस्त नै छ । सडकको काम नसक्दै महानगरपालिकाले भ्रमण वर्षको निरन्तरता दिएको देखिन्छ । भरतपुरको मुख्य सडक पुल्चोक–गोन्द्राङ सडक विस्तारका क्रममा छ भने नारायणगढ–बुटवल सडकको अवस्था अहिले पनि उस्तै छ । 

केपी ओलीको आगमनको सन्देश 
यसअघि प्रधानमन्त्रीको हैसियतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली चितवनको सिटी हल र ६ लेनको सडक शिलान्यास गर्न आउँदा महानगर प्रमुख रेनु दाहाल सामान्य स्वागतमा पनि गएकी थिइनन् । ओलीको सरकार हुँदा भरतपुरमा बजेट नपारिएकोलगायतका आरोप लाग्ने गरेको थियो । तर, भरतपुर भ्रमण वर्षको उद्घाटनमा रेनु दाहालको निम्तो मानेर केपी ओली चितवन आउने पक्का गर्नुले राजनीतिक समीकरणमा केही परिवर्तनको आशय गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् । 

भ्रमण वर्षमा के हेर्न आउने भरतपुरमा 
सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिका आधारमा महानगरले आफ्ना प्रमुख गन्तव्य छुट्याएको छ । चितवन राष्ट्रिय निकुञ्जदेखि दुई ठूला नदी राप्ती तथा नारायणीले दुईतिरबाट घेरिएको सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र हुन् । त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटदेखि मौलाकालिका मन्दिर, सामुदायिक वन, बीसहजार ताल, नारायणी बीचक्षेत्र, चौकीडाँडा, कविलासगढी, जगतपुर, राइनोकुञ्ज, बाटुली पोखरी, कसरालाई महानगरले भ्रमण वर्षको मुख्य स्थानका रूपमा प्रचार गर्दै पर्यटकीय गतिविधि सञ्चालन गरिरहेको छ । यहाँको मुख्य आकर्षण जंगल सफारी र जंगली जनावार बाघ, गैँडालगायतको अवलोकन हो । 
 

ad
ad