१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १६ बुधबार १३:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साम्बाले वाफको फाइनल गुमाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १३:५४:oo

स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले साउदी अरेबियामा जारी वेस्ट एसियन फुटबल महासंघ वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छिन्।

नेपालले बिहीबार हुने फाइनलमा जोर्डनको सामना गर्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राले फाइनल गुमाउने पुष्टि गरेको हो। 

सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब ‘एना एभान्ट गेङगाङ्प’मा अनुबन्ध छिन्। क्लबले फिफा विन्डोमा मात्रै उनलाई फुकुवा गरेका कारण फाइनल गुमाउने भएकी हुन्। उनी फाइनल छाडेर फ्रान्स फर्किनेछिन्।

प्रतियोगिताको समूह चरण र सेमिफाइनलका खेलहरू फिफा विन्डोभित्र परे पनि फाइनल भने परेको छैन। त्यसैले सम्झौताअनुसार सावित्रा क्लब फर्केकी हुन्।

नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ ले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको थियो। नाै गोल गरेकी सावित्रा प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुन्।

नेपालले समूह चरणमा सिरिया, इराक र प्यालेस्टाइनलाई हराएको थियो। गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाल ऐतिहासिक उपाधि जित्ने योजनामा छ।

महिला फुटबलको इतिहासमा नेपाल १० पटक फाइनल खेले पनि उपाधि जित्न असफल भएको छ।