Skip This
एनसेलले सुरु गर्‍यो खुद्रा विक्रेता कार्यक्रम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १६ बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले सुरु गर्‍यो खुद्रा विक्रेता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १o:५५:oo

एनसेलले आफूसँग आबद्ध रहेका खुद्रा विक्रेता, साना पसल गर्ने व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सुरु गरेको छ । कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धताअनुरूप एनसेलले देशभरका खुद्रा विक्रेतालाई प्रोत्साहन र पुरस्कृत गर्न कार्यक्रम सुरु गरेको हो । 

देशभर रहेका ५० हजारभन्दा बढी खुद्रा विक्रेतालाई लक्षित गरेर कार्यक्रम ल्याएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताले सिमकार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने र उक्त प्वाइन्टका आधारमा उनीहरूले विभिन्न उपहार प्राप्त गर्ने जनाइएको छ । उपहारमा टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू रहेको कम्पनीको भनाइ छ । 

कार्यक्रमअन्तर्गत राम्रो कार्य गर्ने एक हजारभन्दा बढी खुद्रा विक्रेताले विशेष उपहार प्राप्त गर्ने जनाइएको छ । जसमा एक भाग्यशाली सहभागी खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा मोटरसाइकल जित्ने कम्पनीले उल्लेख गरेको छ । यो कार्यक्रमले खुद्रा विक्रेतालाई सहयोग गर्नुका साथै कम्पनीले खुद्रा विक्रेतालाई सहयोग प्रदान गर्न जिम्मेवार आफ्ना फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा पाँच सयभन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुने र प्रत्येक महिना एक सय ५० भन्दा बढी सदस्यलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहनस्वरूप विभिन्न उपहार प्रदान गर्ने जनाइएको छ । हाल सञ्चालनमा रहेको रिटेल इन्गेजमेन्ट प्रोग्राम र अरू कार्यक्रमका साथ आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकलाई निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेको कम्पनीले जनाएको छ ।