१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नेपालविरुद्ध ३३ बलमा शतक प्रहार गरेपछि नामिबियाका जान निकोल इटन तस्बिरः ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालमाथि नामिबियाको रोमाञ्चक जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२o:oo

छैटौँ क्रमका ब्याट्सम्यान जान निकोल इटनको कम बलमा अन्तर्राष्ट्रिय टी–२० खेलमा शतकीय इनिङ्सको विश्व कीर्तिमान राखेको खेलमा नामिबियाले आयोजक नेपाललाई २० रनले हराएको छ ।त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० खेलमा नामिबियाले मंगलबार त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले १८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८६ रनको योगफल बनाएको थियो । नेपाल लगातार नामिबियासँग तीन खेलमा पराजित भएको छ ।  

३३ बलमा इटनको शतक
टस जितेर पहिलो ब्याटिङ गरेको नामिबिया एक समय ६२–३ को अवस्थामा थियो । नेपालले नामिबियालाई १० ओभरसम्म रोकेर राखेको थियो । तर, इटनले करिअरकै उत्कृष्ट इनिङ्स मात्र खेलेनन्, उनले टी–२० फम्र्याटमा कम बलमा शतकको विश्व कीर्तिमानसमेत पूरा गरे । उनले केवल ३३ बलमै शतक लगाए ।

इनिङ्सको १९.२ ओभरमा विकेट गुमाउनुअघि उनले ३६ बलमा ११ चौका र आठ छक्का प्रहार गरी १०१ रनको योगदान दिए । उनी आउट हुँदा नामिबिया निकै बलियो स्थितिमा पुगेको थियो । इटनले नेपालकै बायाँहाते खेलाडी कुशल मल्लले गत असोजमा १९औँ एसियन खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ बलमा विश्व कीर्तिमानी रूपमा शतकीय इनिङ्स खेलेका थिए । २३ वर्षीया इटनले कुशलले राखेको रेकर्ड केवल १५३ दिन भित्रै तोड्न सफल भए । 

मध्यक्रमले दिलाएको आशा
विशाल लक्ष्य पछ्याउँदा नेपालको सुरुवात दयनीय भयो । इनिङ्सको पहिलो बलमै ओपनर कुशल भुर्तेल गोल्डेन डक आउट भए । उनलाई रुवेल ट्रम्पेलमेनले एलबिडब्लुको धरापमा राखेका थिए । दोस्रो ओपनर आसिफ शेख ६ रनमा आउट हुँदा नेपाल २.५ ओभरमा २०–२ को स्थितिमा रह्यो । त्यसपछि कप्तान रोहितले कुशल मल्लसँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै नेपाललाई ७.३ ओभरमा ७७–३ को स्थितिमा राखे । कीर्तिमान खेलाडी इटनले रोहितको विकेट लिए । रोहितले २४ बलमा समान तीन चौका र छक्का प्रहार गरी ४२ रन जोडे । 

त्यसपछि कुशलले दीपेन्द्रसिंह ऐरीसँग चौथो विकेटका लागि १४ रन जोडे । कुशलले २१ बलमा चार चौका र एक छक्काको सहयोगमा ३२ रन बनाए । नेपालले निरन्तर रूपमा विकेट गुमाइरहँदा आवश्यक रनरेट यथावत् राखेको थियो । सोमपाल कामीले ११ बलमा तीन छक्का र एक चौका प्रहार गरी २६ रन बटुल्दै नेपाललाई जितको आशा दिलाए । ट्रम्पलमेनले आफ्नो चौथो ओभरमा लगतार दुई विकेट लिँदा नेपाल नामिबियासँग २० रनले पराजित भयो । दीपेन्द्रसिंहले ३२ बलमा समान दुई चौका र छक्का प्रहार गरी सर्वाधिक ४८ रन बनाए । बलिङमा ट्रम्पेलमेनले २९ रन खर्चेर चार विकेट लिए । 

ad
ad