१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वर्गद्वारी गुठीका मोही किसान सातादेखि आन्दोलनमा, खाली खुट्टा घोराहीमा प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o७:oo

एक सातादेखि आन्दोलनमा उत्रिएका स्वर्गद्वारी गुठीका मोही किसानले मंगलबार घोराही बजारमा खाली खुट्टा प्रदर्शन गरेका छन् । मोही अधिकारको माग गर्दै दाङका आठ सय ५० किसानले ८ फागुनदेखि जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिइरहेकामा अब प्रदर्शन थालेका हुन् । 

२७ र २८ फागुनमा देशभरका गुठीपीडित किसानको सम्मेलन गरी दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने निर्णय भएको मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । सबै गुठीलाई एउटै नजरले नहेरी गुठी विधेयकमा स्वर्गद्वारी गुठीलाई विशेष प्रकृतिको निजी गुठीका रूपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ । अध्यक्ष चौधरीका अनुसार गुठी विधेयक संसद्मा टेबल नहुँदासम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । 

स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिले जग्गाको द्वैध स्वामित्वको विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक समिति गठन गरेको छ । उक्त समितिको प्रतिवेदनका आधारमा थप कदम चाल्ने समितिको तयारी छ । पीडित किसान लालबहादुर चौधरीका अनुसार स्वर्गद्वारी गुठीको जग्गा यहाँका किसानले सदियौँदेखि भोग गर्दै आएका छन् । तर, सर्वोच्च अदालतले १४ चैत ०६२ मा परमादेश जारी गर्दै ‘स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू’ भनेपछि आफूहरू जग्गाको अधिकार पाउनबाट वञ्चित बनेको किसानहरूको गुनासो छ । 

चौधरीले गुठीको जग्गा भोगचलन गर्दै आएको यो चार पुस्ता हो । गुठीका १२ मौजामा किसानले मोही हक दाबी गरेका हुन् । स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिघा १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिघा जग्गामा मोही कायम छ । ०२१ मा आएको भूमि ऐनअनुसार आश्रमको जग्गामा दुई सय ८९ जनाको मोही कायम भएको थियो । सोही जग्गामा घर बन्दै जाँदा तीन सय पाँचको हाराहारीमा घर रहेको संघर्ष समितिका अध्यक्ष चौधरीले बताए । 

२९ मंसिर २०२८ सालमा उक्त जग्गा स्वर्गद्वारी आश्रमको नाममा गएको हो । स्वर्गद्वारी आश्रमको नाममा जानुभन्दा पहिले त्यो जग्गा निजी थियो । तर, किसानले त्योभन्दा पहिले नै मोही हक पाएका थिए । तर, स्वर्गद्वारी गुठीको नाममा गएपछि पटक–पटक दुःख पाउँदै आएको अध्यक्ष चौधरीले गुनासो गरे । 

०३८ मा आश्रमले सोही जग्गा खण्डीकृत नगरिदिन सरकारसमक्ष निवेदन पेस गरेको थियो । त्यसपछि सरकारले ०४५ सालमा खण्डीकरण नगर्ने भनी निर्णय ग¥यो । त्यही आधारमा ०६२ मा न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादी कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नू, नगराउनू भन्ने आदेश गरेको थियो । अदालतले पनि सरकारको त्यो निर्णयलाई सदर गरिदिएपछि आफूहरू पीडित बनेको किसानहरूको गुनासो रहेको छ 

स्वर्गद्वारी आश्रमको तुलसीपुर– १० पढ्ढा, घोराही– ५ मैनबार, घोराही– १४ झिंगौरा र ढोरेनीमा मोही छन् । त्यस्तै, घोराही– २ रामपुरको पलाँसे, लमही– ३ को बनगाउँ, मजगाउँ, चैलाही तथा लमही– ७ को उचानिम्बुमा मोही हक कायम छ । 
 

ad
ad