१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण १५ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ट्राफिकले उठायो सात महिनामा ४५ लाख राजस्व

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १५ मंगलबार १०:५१:००

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सात महिनाको अवधिमा ४५ लाख राजस्व संकलन गरेको छ । प्रहरीले चालू आर्थिक वर्ष ०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा चार हजार नौ सय ८५ साना तथा ठूला सवारीसाधनलाई कारबाही गरी ४५ लाख ६३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

चालू आर्थिक वर्षको साउन महिनामा ३८५ सवारीसाधनलाई गरिएको  कारबाहीबाट तीन लाख ७१ हजार पाँच सय, भदौ महिनामा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार पाँच सय रुपैयाँ र असोज महिनामा ७५० वटा सवारी कारबाहीबाट सात लाख नौ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी, कात्तिक महिनामा एक हजार ५० सवारी कारबाहीबाट १० लाख १६ हजार पाँच सय रुपैयाँ, मंसिर महिनामा ७०० सवारी कारबाहीबाट ६ लाख ४५ हजार पाँच सय रुपैयाँ, पुस महिनामा ८०० सवारी कारबाहीबाट ६ लाख ८९ हजार पाँच सय रुपैयाँ र माघ महिनामा ७५० सवारी कारबाहीबाट ६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागार्इंले जानकारी दिए ।