१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १४ सोमबार २०:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लघुवित्तपीडितहरू संसद् भवनपरिसर प्रवेश गरेको विषयमा सभामुख चिन्तित, गृहमन्त्री र प्रहरी प्रमुखसँग लिए जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १४ सोमबार २०:१७:००

संघीय संसद्को दुवै सदनका बैठक चलिरहेका वेला आन्दोलनरत लघुवित्तपीडितहरू संसद् भवनपरिसर प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो व्यक्त गरेका छन्।

सभामुख घिमिरेले आज साँझ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारीसमेत लिएका छन्। 

त्यस क्रममा सभामुखले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए। गृहमन्त्रीले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिएका थिए। 

प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीनसदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका थिए। आइजिपी कुँवरका अनुसार एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डिएसपी दिनेश घिमिरे रहेको तीनसदस्यीय छानबिन समिति गठन गरिएको छ। यस्तै, संसदभवन सुरक्षा टोली परिवर्तन गरिएको छ।

विभिन्न मागसहित काठमाडौं आएका पीडितहरू सोमबार बानेश्वर चोकबाट संसद् भवनपरिसर प्रवेश गरेका थिए।