१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
अमुल थापा काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लघुवित्तपीडित संसद् भवन प्रवेश

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१४:oo

संघीय संसद्काे दुवै सदनका बैठक चलिरहेका वेला आन्दोलनरत लघुवित्तपीडित संसद् भवनपरिसर प्रवेश गरेका छन्। विभिन्न मागसहित काठमाडौं आएका पीडितहरू सोमबार बानेश्वर चोकबाट संसद् भवनपरिसर प्रवेश गरेका हुन्।

लामाे समयदेखि आन्दोलन गर्दै आए पनि सरकारले माग सम्बोधन नगरेपछि पीडितहरू बैठक चलिरहेकै वेला संसद् भवनपरिसरमा छिरेर प्रदर्शन गरेका हुन्।

साे क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएकाे थियाे। सामान्य अवस्थामा समेत पास लिएर छिर्नुपर्ने स्थानमा जबर्जस्ती छिरेर प्रदर्शन गरेपछि केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

माइतीघर–बानेश्वरआसपासका क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिए पनि लघुवित्तकापीडितहरू उक्त क्षेत्र हुँदै संसद् भवनपरिसर प्रवेश गरेका हुन्।

ad
ad