१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्यालेक्सी एआई अझ धेरै ग्यालेक्सी डिभाइसहरूमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o६:oo

सामसङले ग्यालेक्सी एआईको अनुभव नयाँ मोडलमा उपलब्ध गराउने भएको छ । सामसङ नेपालले अब ग्यालेक्सी एस२३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप५ सिरिजमा पनि मार्चदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाएको छ । 

‘ग्यालेक्सी एआईसँग हाम्रो लक्ष्य मोबाइल एआईको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँचयोग्य बनाएर प्रयोगकर्तालाई सशक्त बनाउनु पनि हो,’ सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पेरियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टिएम ह्रोले भने ‘यो ग्यालेक्सी एआईको सुरुवात मात्र हो, हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्तालाई यसको अनुभव दिलाउने तथा मोबाइल एआईको असीमित सम्भावनाको उपयोगका लागि नवीन उपायको खोजी जारी राख्ने रहेको छ ।’

एआई सञ्चालित मोडलहरूमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताको लाभ धेरै ग्यालेक्सी प्रयोगकर्ताले लिन सक्ने कम्पनीको भनाइ छ  । यी विशेषतामा म्यासेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषामा म्यासेज ट्रान्सलेट गर्ने सुविधा संलग्न छन् । त्यस्तै, लाइभ ट्रान्सलेटमार्फत रियल टाइममा नै भाषा ट्रान्सलेट गर्न सक्नेछन् । ग्यालेक्सी एआईका साथमा सामसङले व्यक्तिको सिर्जनशीलतालाई उजागर गर्ने भूमिकालाई दोब्बर बनाएको छ । ग्यालेक्सीको पछिल्लो अद्यावधिकले ग्यालेक्सी एआई टुलहरूको सेट उपलब्ध गराएको छ । जेनेरेटिभ इडिटमार्फत एआई समर्थित उपकरणले फोटालाई सजिलै रिसाइज गर्ने, रिपोजिसन गर्ने, अथवा रिएलाइन गर्न सक्नेछन् । 

ad
ad